एलेक्जेन्डर र दुवानाको राष्ट्रिय कीर्तिमान



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबारबाट सुरु भएको पौडी प्रतिस्पर्धामा एलेक्जेन्डर शाह र दुवाना लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुषतर्फ स्विमिङको २ सय मिटर फ्रिस्टाइलमा एलेक्स्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । शाहले २:०२:३० को नयाँ कीर्तिमान बनाएका हुन् । सन् २०१४ को फिना स्विमिङ वर्ल्ड कपमा शिरिस गुरुङले बनाएको राष्ट्रिय कीर्तिमान तोड्दै शाहले नयाँ कीर्तिमान कायम गरेका हुन् । गुरुङको नाममा २:०६:३३ को रेकर्ड रहेको थियो।

त्यस्तै महिलातर्फ स्विमिङको २०० मिटर ब्रेडस्ट्रोकमा डुवाना लामाले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा बनेको २:५५:०९ को रेकर्ड तोड्दै लामाले २:४८:५७ को नयाँ कीर्तिमान बनाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्