त्रिचन्द्र क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटे


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान कुटेका हुन् । उनलाई क्याम्पस परिसरमै विद्यार्थीले आक्रमण गरेका थिए ।

न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।