प्रदेश २ मा जागरण अभियान चलाउन जरुरी: प्रदेश प्रमुख परिया


सुभेन्दर दास, सिरहा ।

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मधेसमा जति जातिय र लैंगिक विभेद छ त्यतिनै मधेसी र पहाडिया समुदायबिच विभेद देखिनु दुःखद रहेको भन्दै तत्काल जागरण अभियान चलाउन जरुरी रहेको बताएका छन् ।

जागरण अभिायन धनुषा र मिशन बोर्डरका प्रतिनिधीहरुसँग आईतबार जनकपुरस्थित निवासमा सामुहिक भेट गर्दै परियारले उक्त धारणा राखेका हुन् ।प्रदेश २ मा जातिय र लैंगिक बिभेद अझै पनि चरम रुपमा रहेको पाइयो , प्रदेश प्रमुख परियारले भने , जातिय र लैगिंक विभेद रहेँ झैँ प्रदेश २ मा मधेसी समुदाय र पहाडे समुदायबिच बिभेद रहेको सुन्नमा आएको छ ।

प्रदेश प्रमुख परियारले हिजो कुनै पहाडिया समुदायका शासकले मधेसी समुदायलाई शोषण गरेकै हो , तर केहि पहाडिया समुदायका शासकले मधेस मधेसी समुदायप्रति गरेको बिभेदलाई नै आधार बनाएर सबै पहाडिया समुदायलाई बिभेद गर्नु दुखद हो ।

पहाड , हिमाल र तराईलाई अलग्याएर हेर्ने मानसिकता त्यागेर समग्र प्रदेश २ मा जागरण अभियान चलाएर महिलालाई माथि उठाउनु पर्ने उनको भनाई थियो । जागरण अभियानका लागि सबै किसिमको सहयोग गर्न म तयार छु , प्रदेश प्रमुख परियारले भने ।