भारतीय मिडियाको दावी : ओलीले बनाएका राज्यमन्त्री दुगड भारतीय नागरिक


न्युज अफ नेपाल, काठमाडौं।

एक भारतीय मिडियाले नेपालका एक मन्त्रीलाई भारतीय दावी गरेको छ । हालै पुनर्गठन भएको मन्त्रिपरिषदमा उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतीलाल दुगडलाई भारतको राजस्थानको मिडिया थार एक्सप्रेसले भारतीय दावी गरेको छ ।

थार एक्सप्रेसले समाचारमा दुगडलाई फतेहपुर राजस्थानका भएको उल्लेख गरेको छ । उसले आफूहरुको संगठन तेरापंथ समाज नेपालका मुख्य व्यक्तित्वमध्येका एक दुगड भएको जनाएको छ ।

समाचारमा उनी मन्त्री बन्नु राजस्थानको लागि गर्वको विषय भएको उल्लेख छ । भारतीय मिडियामा यतो उल्लेख भए पनि नेपाल सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।