दुर्घटनामा एकको मृत्यु, ४० घाइते


सिताराम अधिकारी, धादिङ ।

पृथ्वीराजमार्ग स्थित धादिङको गल्छी गाउँपालिका वडा न ६ बैरेनी बजारमा आइतबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा न.ं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकोले उप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्यकेन्द्रहरुमा उपचार भइरहेको छ ।