कक्षले गर्यो दुई दिने चित्रकला प्रतियोगीताको आयोजना


भक्तपुर, (नेस) ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका –३ बालकोट रोजभिलेज अगाडि रहेको कक्ष ( द क्लास रुम) ले बार्षिकोत्सवको अवसरमा तीन क्याटागोरीमा दुई दिने चित्रकला प्रतियोगीताको आयोजना गरेको छ ।

कला,संगीत र नृत्य तीन विधामा प्रशिक्षण दिंदै आएको कक्षले बिद्यालय तर्फ जुनियर,सिनीयर तह र खुल्ला चित्रकला प्रतियोगीताको आयोजना गरेको कक्षका संयोजक अभिशेक बुढाथोकीले बताए ।

भक्तपुर जिल्ला अन्तर बिद्यालय स्तरीय जुनियर तहमा भएको चित्रकला प्रतियोगीतामा मातृभुमी स्कुलका बिलकक्षण केसी प्रथम,ग्लोरी स्कुलकी कृतिका कसलवट दोस्रो र ग्लोरीकै अनुराग घिमिरे तेस्रो भएका छन् ।

यसै गरी सिनीयर तर्फ सुर्यबिनायक स्कुलकी दृष्टि मानन्धर पहिलो,त्रिस्टार स्कुलका प्रदीप श्रेष्ठ दोस्रो र मोडेल जनता स्कुलकी कुसुम आले मगर तेस्रो भएका छन् ।

यसैगरी खुल्लातर्फ एलिसीना पुरी उत्कृष्ट चयन भएकी छिन् ।प्रतियोगीताको शीर्षक प्रविधि र म दिईएको थियो ।
मंसीर ४ र ५ गते भएको प्रतियोगीतामा बिभिन्न दश बिद्यालयका २३ जना बिद्यार्थी सहभागी थिए ।

शनिबार कक्षकै हलमा आयोजित एक कार्यक्रमकाबीच बिजयी बिद्यार्थीलाई प्रमाणपत्र तथा ट्रफी र सहभागीलाई सहभागीताको प्रमाणपत्र बितरण गरिएको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले पुरस्कार बितरण गरेको थिए ।

बिश्व बालदिवसको समेत अवसर पारेर आयोजित चित्रकला प्रतियोगीताको निर्णायकमा प्यागोडा आर्टस्का निर्देशक रोशन प्रधान र कक्षकै संचालक,प्रतियोगीता संयोजक तथा प्रशिक्षक निरु गिरी रहेका थिए ।

कक्षले आगामी दिनमा पनि प्याब्सन भक्तपुरसँग समन्वय गरेर स्थलगत रुपमाचित्रकला प्रतियोगीता आयोजना गर्ने तैयारी गरिरहेको र यसको लागि जिल्ला अध्यक्ष चन्द्र अधिकारीसँग छलफल भैरहेको संचालक गिरीले बताईन् ।

एक बर्ष अगि स्थापना भएको कक्षले दुई सय भन्दा बढी ब्यक्तिलाई चित्रकला,संगीत र नृत्यको प्रशिक्षण दिईसकेको बताउँदै आगामी दिनमा ब्यक्तित्व बिकासका बिभिन्न बिधामा समेत प्रशिक्षण दिने तैयारी गरिरहेको कक्षका संयोजक अभिशेक बुढाथोकीले बताए ।

बालबालिकामा रहेका प्रतिभालाई उजागर गर्न र सबै उमेर समुहका ब्यक्तिका चित्रकला,संगीत र नृत्य बिधा र ब्यक्तित्व बिकासका बिविध रुची पुरा गर्न समेत कक्ष सहयोगी हुने उनले बताए ।