संसद भवनको गेट अगाडि गाडीको ठक्करबाट १ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं।

नयाँबानेश्वरस्थित संसद भवनको गेटअगाडि एक सवारी साधनको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

संसद भवनको दक्षिण गेटअगाडि आज बिहान करिब ६ बजेतिर गाडीले ठक्कर दिँदा एक पुरुषेको ज्यान गएको हो ।

बानेश्वर प्रहरीका अनुसार ज्याउन गुमाउनेको नाम र ठेगाना पत्ता लागेको छैन, उनको उमेर अन्दाजी ५०५५ रहेको छ । ठक्कर दिने गाडी समेत भागेकाले पहिचान नभएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।