अष्ट्रेलियामा नेपाली दम्पतीबीच कुटाकुट, श्रीमानको मृत्यु


अष्ट्रेलिया, अस्ट्रेलियामा पारिवारिक झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो।

मृत्यु हुने नेपाली मुलका रहेको र श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को मृत्यु भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। शनिवार राति उनीहरुबिच झगडा भएको थियो।

झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ। टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए। तर उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ।

घाइते युवतीको अवस्था सामान्य छ। उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ। एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।