एन.आइ.सी. एशिया बैंकको शाखा स्याफ्रुबेशीमा


सरस्वती न्यौपाने, रसुवा ।

एन.आइ.सी. एशीया बैंकको शाखा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रुवेशीमा सञ्चालनमा आएको छ ।

बैंकले ग्रामिण तथा दुर्गम स्थान हरुमा समेत आफ्नो उपस्थित भएर थप मजबुद बनाउने उद्देश्य स्याफ्रुबेशी मा नयाँ शाखा कार्यालय को गोसाइकुण्ड गा.पा.अध्यक्ष कैसाङ नुर्पु तामाङ उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठ तथा एन.आइ.सी.एसिया बैंकका सिइयो रोशन कुमार न्यौपाने ले संयुक्त रुपमा शुक्रबार एक कार्यक्रम विच उदघाटन गरेका हुन ।

शाखा सञ्चालनमा आए संगै उक्त क्षेत्रका ग्राहक हरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको शाखा प्रबन्धक नवराज गजुरेल ले जानकारी दिए ।

बैंकको मुलुक भर ३१० शाखा कार्यालयहरु ,३८९ ए.टि.एम.,९० वटा एक्स्टेन्सन काउन्टर एवम ४२ वटा शाखा सहित स्याफ्रुबेशीमा पनि निरन्तर सेवा प्रदान गर्ने छ ।