प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका.३२ सनराईज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका.७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका.७ बस्ने २८ वर्षीय उमेश सुबेदी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले दुवै जनालाई मादक पदार्थ सेवन गरी बा।९६ प ९३६६ र बा।८७ प ३२०४ नम्बरका मोटरसाइकल चलाएको अवस्थामा फेला पारी कारवाही गर्ने खोज्दा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।