कारागारबाट फरार कैदी ३५ वर्षपछि पक्राउ

0
Shares

सीताराम अधिकारी, धादिङ ।

चोरी मुद्दामा जिल्ला कारागार शाखा धादिङमा रहेका एकजना र भविब्य ज्यानमुद्दामा फरार रहेका एकजना गरि दुई जनालाई प्रहरीले आइतबार प्रहरीले पक्राउ गरि कारागार पठाएको छ ।

कैद भुक्तान नहुँदै कारागारबाट भागेर फरार भएका तत्कालिन धुवाकोट गाविस वडा न. ५ निवासी ६९ वर्षीय रामवहादुर भन्ने सुब्बा वस्ती ३५ वर्षपछि पछि प्रहरीले पक्राउ गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा न.. १ खाल्टेमा लुकिछिपि बसेको अवस्थामा शनिबार पक्राउ गरिएका वस्तीलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा आइबार पेश गरि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

जिल्ला अदालतले ०४१ जेठ ८ गतेको फैसला बमोजिम ३ वर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न कारागारमा रहेका वस्ती ०४१ मंसिर ६ गते कारागारबाट अन्य कैदीहरुसंगै भागेका थिए ।

कारागारबाट कैदी भागेपछि प्रहरीले उनि विरुद्ध मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालतले ०४२ मंसिर १७ गते ५ वर्ष ५ दिन थप सजायाँ हुने फैसला गरेपछि वस्तीले ८ वर्ष ११ महिना १२ दिन कैद बस्नुपर्ने कैद बेरुजु देखिएको थियो । अरुको लहै लहैमा लागेर आफूले त्यतिखेर गलत गरेको वस्तीले स्वीकार गरेका छन् ।

प्रहरीले वस्तीलाई कारागार पठाउनुअघि जिल्ला प्रहरी कार्यालयका आइतबार साँझ पत्रकार सम्मेलन गरेको थियो । यसैगरि भवितव्य ज्यान मुद्दामा ०५६ असोज १९ गते जिल्ला अदालतले ५ महिना कैद र ५ सय रुपैयाँ जरिवाना फैसला गरि फरार रहेका धुनीबेसी नरपालिका वडा न.. ४ का दिपक मिजार भन्ने दिपेश मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशमा कैद भरक्तान गर्न कारागार पठाएको हो ।