साढे दुई लाख नगदसहित १७ जुवाडे पक्राउ

0
Shares

न्युज अफ नेपाल, झापा ।

भद्रपुर नगरपालिका. ५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सत्र जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका(६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।