आगलागीबाट दुई बस जलेर नष्ट

0
Shares

ललितपुर, (नेस)।ललितपुर महानगरपालिका–१५ सिचाहिटीस्थित खाली जग्गामा पार्किङ गरी राखेका बा३ख १३८९ नम्बर र बा३ख १६६ नम्बरका बसमा आइतबार बिहान आगलागी हुँदा बस जलेर नष्ट भएका छन्।

आगलागीबाट बा२ख ५९४५ नम्बरको बसमा समेत आंशिक क्षति भएको छ। दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।