सरकारको रबैया ठीक छैन ः नेता पाण्डे


नेपाल समाचारपत्र, बाजुरा।संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको रबैया ठीक नभएको धारणा राख्नुुभएको छ।

दसैं, दिपावली तथा छटपर्वको पूर्वसन्ध्यामा ट्रेड युनियन कांगे्रस बाजुराले सदरमुकाम मार्तडीमा बुधबार आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा नेता पाण्डेले यस्तो बताउनुभएको हो।

उहाँले पेसागत हकहितका लागि संगठित संघसंस्थामाथि अंकुस लगाएको तथा सरकारी कामको वहानामा पेशागत हितमा बोल्न पाउने पेसाकर्मीको हक अधिकार कटौती गर्न लागेको आरोप लगाउनुुभएको छ।लोतन्त्रमा पेसागत हकहितका लागि पैरबी गर्न पाउने, संगठित हुन पाउने अधिकार छ संविधानमा पनि उल्लेख छ।

तर विभिन्न वहानामा पेशागत कर्मचारीको मनोबल गिराउनका लागि हरेक किसिमका अंकुस लगाउन थालेकाले यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत जान थालेको उहाँको आरोप थियो।

उहाँले सरकारले देशको संविधान मिचरे काम गरिरहेको, नीति र विधिभन्दा पनि आफन्त भरणपोषणमा सरकारी बजेट खर्चेको बताउनुुभयो।

२८ ओटा पेसागत संघ संगठन मिलेर बनेर बनेको टे«ड युनियन कांग्रेस एक अन्तर्राष्ट्रिय श्रम संगठनसंग आबद्ध रहेको संस्था भएकाले पेसागत संगठनका हकहित र अधिकार सुरक्षित गर्न यो संगठनलाई मूर्त राख्न पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गर्नुुभयो।

नेपाली कांग्रेसपछिको ठूलो संगठनका रुपमा रहेको यो संस्था संरक्षणमा लाग्न सबैको अहम भूमिका हुनपर्नेमा नेता पाण्डेले जोड दिनुुभएको छ।

सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति कविराज पण्डितले शुुभकामना व्यक्त गर्दै बाजुराको प्रहरी प्रशासन अनुकुल नभएकाले दसैं तिहारमा जथाभावी मदिरा सेवन गर्ने होहल्ला गर्ने गराउनेदेखि साबधान रहन आफ्ना कार्यकर्तालाई निर्देशन गर्नुभएको छ।

विशेषगरी पछिल्लो समयमा नेपाल प्रहरीबाट आफ्ना कार्यकर्ता असुरक्षित रहेको, खोजी–खोजी मुद्दामा फसाउने, थुन्नेजस्ता गैरन्यायिक काम भइरहेकाले सबैले सर्तक रहन आग्रह गर्नुभएको छ।

कांग्रेस नेता बलबहादुर कुँवरले टे«ड युनियन हक अधिकार सुरक्षित गर्नका लागि टे«ड युनयिन कांग्रेस संस्था मजबुत हुने पर्नेमा जोड दिनुभएको छ।

टे«ड युनियन कांग्रेस बाजुरा अध्यक्ष चक्र थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले शुुभकामना आदानप्रदान गरेका थिए।