पर्यटन प्रवद्र्धनका लागि तालमै महोत्सव


मनाङ, (नेस)। मनाङको काजिनसारा तालमा महोत्सवको तयारी गरीएको छ। चामे गाउँपालिका मनाङले नयाँ भेटिएको तालमा पर्यटन महोत्सवको तयारी गरेको छ। यही असोज १० देखि १४ गतेसम्म चल्ने यो महोत्सव समुद्री सतहदेखि ५ हजार २ मिटर उचाइमा रहेको ताल अवलोकनका लागि हुनेछ।

प्राकृतिक तालहरूको संरक्षण पर्यटन प्रवद्र्धनको विकासका लागि यस तालमा महोत्सवको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो। मनाङ भौगोलिक बिकटतासँगै प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको जिल्ला हो।

आन्तरिक तथा विदेशी पर्यटक यिनै हिमाल र हिमताको मनोरम दृश्य अवलोन गर्न आउने गर्छन्। अध्यक्ष घलेका अनुसार यहाँका मानिसहरूको पेसा नै पर्यटन व्यवसाय भएकाले यस्ता प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न आवश्यक रहेको छ। यिनै कुराहरूलाई ध्यानमा राखी गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो।

पर्यटक प्रवद्र्धनका लागि नयाँ पदमार्गको आवश्यक रहेको छ। गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले महोत्सवले पर्यटकका लागि नयाँ गन्तव्य निर्माण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘मनाङ अधिकांश ठाउँमा मोटरबाटोले पदयात्रीलाई सकस बनाएको छ।

यस तालको महोत्वसवले नयाँ गन्तव्यको खोजीसमेत गर्नेछ।’ ५ हजार फिटभन्दा माथि रहेको यस तालमा ३ सय बढी आन्तरिक तथा बा≈य पर्यटकले अवलोकन गर्ने जनाइएको छ।