त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित एक युवक पक्राउ


न्युज अफ नेपाल, काठमाडौं।

प्रहरीले काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको एक होटलबाट एक थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुर कटारीका भिम सुर्खेती र सिन्धुलीका भिम माझी छन् । उनीहरुको साथबाट एउटा चिनियाँ पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्याग्जिन र ६ वटा गोली बरामद भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।