स्पेनका समाजसेवी गुरुङ द्वारा एनआरएनए युरोप उपसंयोजक उमेदबारी घोषणा


दीपेन्द्र गजुरेल, स्पेन ।

गैर आबासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप–संयोजक पदमा स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए स्पेनको नेतृत्व सम्हालीसकेका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्रको लागि उप–संयोजक पदमा उम्मेदवारी दिएका हुन् ।

गुरुङले २०१७–२०१९ कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य भइ एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् । डेढ दशक भन्दा लामो समयदेखि विभिन्न सामाजिक संघ संस्था हुँदै एक दशक देखि एनआरएन अभियानमा निरन्तर रूपमा प्रत्यक्ष संलग्न हुदै आएको स्पेन बासी नेपालीहरू बताउँछन् ।

स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा एनआरएनए स्पेन अध्यक्ष पदमा गुरुङको आगमन संगै एनआरएनए स्पेनले आफ्नो कार्यकाल स्थापना गर्न अहोरात्र मेहनत पश्चात सफल भएको समाजसेवी युवा राज खनाल बताउँछन् । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य भइ सकेका गुरुङले युरोप क्षेत्रका लागि आफ्नो उम्मेदवारी स्वभावीक समेत रहेको एनआरएनए अभियान्ताहरू बताउँछन् । युरोपभर रहेका एनआरएनए संस्थाहरू भन्दा अग्रस्थानमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी समेत रहेको चर्चा समेत बेला बेलामा चल्ने गरेको छ ।

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनि २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै निर्विवाद उपाध्यक्ष पदमा रही काम गरेका थिए। सन् २०११–२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को बिभिन्न कार्यदलमा रही सफलतापुर्वक काम गरेको राम्रो अनुभव समेत रहेको छ ।

विभिन्न सामाजिक संघ संस्थामा रहँदा दुतावास स्पेनमा स्थापनार्थ सरकारलाई झक्झक्याउने काम देखि भारतले नाकाबन्दी गर्दा समेत स्पेनस्थित भारतिय दुतावासमा धर्ना दिने नेतृत्व समेत गरेको एउटा राष्ट्रप्रेमी सामाजिक अभियान्ता गुरुङ रहेको स्पेन बासी नेपालीहरू कफी गफमा बताउने गर्छन् । सन् २०१५–२०१७ एनआरएनए स्पेनको नेतृत्व सफलता पुर्वक समालेका थिए भने सन् २०१७–२०१९ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत हुन ।

आइसिसि सदस्य समेत रहेका मुक्त बहादुर गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई सबैलाई भेटघाट तथा चाडपर्व मनाउन सजिलो होस्, भैइपरी आउने समस्यालाई निराकरण गर्ने उद्देश्यका साथ छिटो छरितो भेटघाट होस् भन्ने उद्देश्यका साथ बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्ष देखि निरन्तर रूपमा संचालनमा आएको छ। नेपाली दुतावास स्पेनमा स्थापनार्थ गुरुङले एनआरएन लगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरूलाई साथमा लिएर पटक पटक नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकै अवस्थामा गुरुङले नेतृत्व सम्हालेकै समयमा नेपाल सरकारले स्पेनमा नेपाली दूताबास स्थापना गरेपछि गुरुङ खुसिले गदगद भएका थिए ।

स्पेनमा नेपालीहरूको दिनानुदिन समस्या बढ्दै गएपछि स्पेन बासी नेपालीहरूले हारगुहार गर्दै दुतावास स्थापना गराउनमा गुरुङको ठूलो योगदान समेत रहेको खनाल बताउँछन् ।

स्पेन पर्यटनको बढि सम्भावना भएकोले नेपाली दुतावास संगको सहकार्यमा नेपालमा पर्यटन भित्र्याउन सरकारको योजना संगै सबैलाई जोडेर अघि बढ्नुपर्ने अवस्था आफ्नो उम्मेदवारी रहेको दावी समेत गुरुङले गरेका छन् । सामाजिक अभियान्ता गुरुङ भन्छन् नेपाल सरकारले देशमा आर्थिक विकास संगै समृद्ध नेपाल शुखी नेपाली नारा सहित भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न र नेपालका लागि हातेमालो गर्न युरोप क्षेत्रको नेतृत्वमा रही काम गर्ने मेरो साथिभाईहरूको आग्रहलाई स्विकार्दै उमेदबारी दिएको बताए ।

एनआरएन स्पेनको नवनिर्वाचित नयाँ कार्यसमितिलाई एनआरएनए स्पेनको कार्यालयमा मंगलबार नेतृत्व हस्तान्तरणको क्रममा बोल्दै गुरुङले उम्मेदवारी औपचारिक रूपमा घोषणा समेत गरेका छन्।

अन्तमा गुरुङले थपे संम्योगले आज मेरो जन्मदिन अनि नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितिका साथिहरुलाई मेरो जिवनको नयाँ अध्यायमा एउटा सङ्कल्प गर्दै भन्न चाहन्छु प्रवासमा बसेर पनि हामी हाम्रो क्षेत्रबाट समृद्ध नेपाल बनाउन सकारात्मक र रचनात्मक भुमिका सहित सहयोग गर्न हात्तेमालो विना अर्को विकल्प नभएको बताए । स्पेन बासी लगायत प्रवासी नेपालीहरूको समर्थन र सहयोगको खाँचो रहेको बताए ।