नेपाल प्रहरीका एआईजीहरुको सरुवा, को कहाँ ?


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल प्रहरीका एआईजीहरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठानमा (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको हो।

यस्तै प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो।

उक्त विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेत आर्थिक घोटालामा मुछिएपछी सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा सरुवा गरेको थियो । मंगलबारको सरुवामा एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको बताइएको छ ।