इन्डोनेसियामा शक्तिशाली भूकम्प


जाकर्ता, (एजेन्सी)।इन्डोनेसियाको बाली र जाभा द्विपमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ।भूकम्प ६ दशमलव २ रेक्टर स्केलको मापन गरिएको ईएमएससी एजेन्सीले जनाएको छ।

भूकम्पका कारण हताहत भएको सम्बन्धमा तत्काल कुनै समाचार आएको छैन्। भूकम्पपछि सुनामी आउन सक्ने खतरालाई भने अस्वीकार गरिएको छ। भूकम्पको केन्द्रबिन्दु पूर्वोदादी क्षेत्रबाट १ सय ४८ किलोमिटर दूरीमा उत्तरपूर्वमा रहेको एजेन्सीले जानकारी दिएको छ।

गत वर्ष सेप्टेम्बरमा सुलाबेंसी क्षेत्रमा आएको विनाशकारी भूकम्पका कारण हजारौंले ज्यान गुमाएका थिए।७ दशमलव ५ म्याग्निच्युडको उक्त भूकम्पमा ४ हजार ३ सय ४० जनाको ज्यान गएको थियो भने १० हजारभन्दा धेरै घाइते भएका थिए।

भूकम्पका दृष्टिकोणले इन्डोनेसिया अत्यन्त जोखिम क्षेत्रभित्र पर्छ। हजारौं साना ठूला टापुको समूह भएकाले भूकम्पपछि सुनामीको पनि त्यतिकै त्रास हुने गरेको छ। गतवर्ष भूकम्पपछि आएको सुनामीका कारण धेरैले ज्यान गुमाउनुपरेको थियो।