बिरामी बोकेको जिप अरुण नदीमा दुर्घटना , ६ जना बेपत्ता


काठमाडौं । बिरामी बोकेर संखुवासभाबाट धरानतर्फ आउँदै गरेको जिप अरुण बदीमा खसेको छ । मंगलबार राति संखुवासभाकै धर्मदेवी नगरपालिका ८ अक्करको भीरबाट जिप तल अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी बोकेर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको जिप अरुण खोलामा खसेको हो ।

राति पौने ११ बजे उक्त जिप खसेको आशंका गरिएको छ । राति नै खाँदबारीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको भएपनि नदीमा पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भएको बताईएको छ । बेपत्ता हुनेमा एकै परिवारका तीनजना रहेका छन् ।