कमला बचाउ अभियान अन्तर्गत सिरहाको सारस्वरमा बृक्षारोपण


सुभेन्द्र दास, लहान ।कमला बचाउ अभियान अन्तर्गत शनिबार सिरहा नगरपालिकाको वडा न.१२ सारस्वरको महादेव मन्दीरको प्राङ्गणमा कमला बचाउ अभियान थालेको छ ।

सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवको अध्यक्षता एवम् प्रमुख अतिथि शहिदनगर नगरपालिकाका मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया,बिशिस्ट अतिथि कल्याणपुर नगरपालिकाका नगर प्रमुख सुर्यनाथ मण्डल,रेडक्रस सिरहाका सभापति राजदेव यादव,वडा अध्यक्ष मोतिबुल राइन,कमला बचाउ अभियानका संयोजक बिक्रमयादव,कमला अभियानि बिनोद महरा, पोषण प्रमुख रुपेश बिराजी,पत्रकार नरेशचन्द्र बरबरिया लगायत किसान,विभिन्न वडाका वडा सदस्य,बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मेयर बरबरिया सर्वप्रथम हामी कमला अभियानी हौ यस कार्यक्रममा आफु कुनै पार्टीको प्रतिनिधि नभइ अभियानीको रुपमा छौ कमला अभियानमा हामी साथ छौ,कमला बचाउ अभियानमा स्थानीयतह बाट हुन सक्ने काममा कदापि पछाडि नहट्ने प्रतिबद्धताका साथ साथै कमलाभेगमा पर्ने सम्पुर्ण नगरपालिकाका नगर प्रमुखहरु संग समन्वय गरेर अगाडीबढ्ने बताए।

उनले भने आफु केन्द्रिय सरकारलाई पटकपटक कोशी, कमला डाईभर्सन रचुरे संरक्षणको पहल गरेको छु अबको केही दिनमै प्रधानमन्त्री केपि शर्माओली संग भेटेर कमला बचाउ अभियानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे।उक्त अभियानलाई समाजिक संजाल बाट पनि बृहत रुपमा फैलाउनु जरुरी देखिन्छ।

यस्तै सिरहा नगरपालिकामा मेयर यादव आफू पनि यस अभियानलाई पुर्ण रुपले आत्मसात गर्दै आगाडी बढने बताए । मेयरले मात्र गरेर नहुने सम्पुर्ण जनता आफनो ठाउँ बाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने बताए ।कमलाको वरिपरि रहेको वडाहरु संग समन्वय गरेर बिचबिचमा अन्तरक्रिया गर्नु पर्नेआवश्यक रहेको बताए ।

यस्तै कमला अभियानका संयोजक बिक्रम यादव भने आ(आफनोठाउँ बाटै अभियानमा लाग्ने चुरेलाई पनि बचाउनु पर्छ आफ्नो स्तर बाटै कमलाकोवरिपरिमा बृक्षा रोपन गरेमा सजिलै अक्सिजन पाउन सकिन्छ ।