विश्व फुटभलीमा नेपालले प्रतिस्पर्धा गर्ने


नेपाल समाचारपत्र,काठमाडौं।टोखाका खेलाडीहरूले फूटभलिमा भाग लिने टोखाको भगवती क्लवले थाईलैण्डको बैंककमा हुन लागेको वल्र्ड फुटभलि प्रतियोगितामा सहभागिता जनाउने भएपछि टोखावासीहरू उत्साहित बनेको छ।

यही सेप्टेम्वर १८ देखि २१ तारिख सम्म् हुन लागेको प्रतियोगितामा नेपाल फुटभलि एसोसिएशनको तर्फबाट विभिन्न देशका क्लबहरूसित भगवती क्लवले प्रतिस्पर्धा गर्नेछ।

विगतका वर्षहरूमा पनि भियतनाम र मलेसिया जस्ता देशलाई पराजित गरेर जीतको स्वाद चाखिसकेका भगवती क्लवले यसपाली पनि उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ।

दुई खेलाडी भएर खेल्ने सो फुटभलि प्रतियोगितामा खेलाडीहरूमा बुद् महर्जन र कुमार लवटले प्रतिस्पर्र्धा गर्नेछन।
यसमा कोच निरन्जन डंगोलले सम्हाल्नेछन भने टिम म्यानेजर हरि महर्जन रहेका छन।

विगतको उपलब्धि यसपाली पनि जोगाउन सक्ने हो भन्ने नेपाली फुटभलि खेलाडीको लागि आकर्षक आम्दानीको महत्वपूर्ण ढोका छिट्टै नै खुल्नेछ र त्यसले सम्पूर्ण नेपाली युवाका लागि नै सफल भविष्यको एउटा मार्ग प्राप्त हुने विश्वास लिएको छ।