घूस लिने सुब्बासहित चार जना पक्राउ

0
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार घुससहित नायव सुब्बालाई पक्राउ गरेको छ ।

आयोगको टङ्गालबाट खटिएको टोलीले भक्तपुर, दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरियालाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

उनले जग्गाको लालपुर्जा बनाइदिने सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा काठमाडौँ, पेप्सीकोलाको दाजुभाइ सेकुवाघरबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको छ ।

यस्तै आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई पक्राउ गरेको छ । उनीहरुलाई लम्की चुहानगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नापजाँच गरिदिएबापत सेवाग्राहीसँग घुसमाग गरेको आयोगका प्रवक्ता कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुलाई आठ हजार घुस लिइसकेको अवस्थामा कञ्चनपुरबाट खटिई गएको टोलीले लम्कीको व्यवस्थित नगरबाट पक्राउ गरेको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यलाई पनि आयोगले घुसहित पक्राउ गरेको छ ।

अमात्यले उद्योग दर्ता गर्न आईई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाकाआधारमाआयोगको हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले पचास हजारघुस लिइसकेको अवस्थामापक्राउ गरेको आयोयकाप्रवक्ताकोइरालाले जानकारी दिनुभयने । उहाँकाअनुसार यसबारे थप अनुसन्धानभईरहेको छ ।