नेतासहित मस्कोमा प्रदर्शन गर्न खोज्ने थुप्रै पक्राउ

0
Shares

मस्को,(एजेन्सी) ।
रसियाको राजधानी मस्कोमा अनाधिकृत विरोध प्रदर्शनको सम्मुख प्रहरीले शनिवार विपक्षी महिला नेता ल्युवोभ सोवोललाई हिरासतमा लिएको छ । एउटा ट्याक्सीमा बसेर सोहि विरोध ¥यालीमा भाग लिन जान लागेकैबेला प्रहरीअधिकारीहरुले सोवोललाई तानेर एउटा कालो भ्यानमा राखेर अज्ञात दिशा तर्फ लगेको प्रत्यक्षदर्शीहरुलाइ हवाला दिँदै संचार माध्यमले जनाएको छ ।

भावी स्थानिय चुनावमा भागलिनबाट थुप्रै विपक्षी नेताहरुलाई अयोग्य ठह¥याइएपछि त्यसको विरोध गर्न मस्कोमा प्रदर्शनकारीहरु जम्मा हुँदैछन् । संचार माध्यमले मस्कोबाटै अन्य केहि दर्जन व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

हिरासतमा लिइएकाहरुकाबारे रिपोर्टिंगका लागि हटलाइन चलाउने ओभिडि – इन्फाले कमितमा ८९ जना गिरफतारीमा परेको खवर प्राप्त भएके तर छिनछिनमा संखयामा परिवर्तन भइरहेको जनाएको छ । मस्कोमा ठूलो संखयामा परिचालन गरिएका दँगा प्रहरीले मानिसहरुलाई विरोध प्रदर्शन नगर्न चेतावनी दिइरहेका छन् ।

पेशाले भिडियो व्लगर तथा वकिल सोवोल स्थानिय चुनावबाट बन्चित गराइएका उम्मेदवारहरु मध्ये एक हुन् । विगत एकाइ सदन देखि भोक हडतालमा बस्दै आएकी उनले शनिवारको प्रतिवन्धित प्रदर्शनमा भाग लिन सबै विपक्षी समर्थकहरुलाई आब्हान गरेकी थिइन् ।

रुसी सरकारी निकायले उनलाई सडक प्रदर्शनको नियम उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको बताएको छ । गत जुलाईमा पनि सोवोललाई निर्वाचन आयोगको कार्यालयमा सोफामा बसिरहेकै अवस्थामा लछार पछार गरिएको थियो ।

स्वतन्त्र प्रशारणकर्ता दोझ्दलाई उनले सरकारले विपक्षी माथि जथाभावी दमन गरिरहेको बताएकी छिन् । यस ¥यालीकै सिलसिलामा प्रमुख विपक्षी नेता नाभाल्नीलाई पनि गिरफतार गरिएको छ । एलर्जीबाट मुख सुन्निने र जिउभरि रातो टाटा आउने गरेको अस्पतलामा भर्ना गरिएका नाभाल्नी केहि दिन अघि मात्र डिस्चार्ज भएका थिए । नाभाल्नी स्वयम र उनका निजी डाक्टरले उनलाई विष दिइएको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

सावोलले दोझ्दलाई बताएकी छिन् , ‘ मस्कोवासीहरु सरकारी हस्तक्षेप देखि डराउादैनन् भनी प्रमाणित गर्न आज बाहिर सडकमा आउनु महत्वपूर्ण छ । तिनीहरु आफ्ना अधिकारका लागि निरन्तर उठ्न तयार छन् ।

निर्वाचन आयोगले आगामी ८ सेप्टेम्वरमा हुने भनिएको स्थानिय चुनावमा विपक्षी उम्मेदवारहरुलाई निषेध गरेको हो । शुक्रवार पनि स्वतन्त्र राजनतिज्ञ तथा सोवोलका सहयोगी एलेक्सी मिन्यालो लगायत थुप्रै पुरुषलाई ‘ सामुहिक हुलदँगा ’ गरेको अभियोगमा प्रहरीले गिरफतार गरेको थियो । सो अभियोग वापत तिनीहरुलाई जनही अधिकतम १५ वर्ष लामो कारावास संजाय हुन सक्छ ।