मानव र बाँदरको वंशाणु मिश्रित भ्रुणको विकास

0
Shares

बेइजिङ (एजेन्सी) ।
स्पेनका वैज्ञानिकले चीनको प्रयोगशालामा पहिलो पटक मानव र बाँदरलाई मिलाएर एक भ्रुण तयार गरेका छन् । यो हाइब्रिड भ्रुणबाट तयार हुने बच्चामा दुबै विशेषता हुनेछ । कानुनी कारवाहीबाट बच्न यो प्रयोग चीनमा गरिएको बताइएको छ ।

भ्रुणलाई १४ दिन विकसित हुन दिएपछि त्यसमाथि रोक लगाइएको थियो । यो उपलब्धीलाई मानवमा जनावरका अंग प्रत्यारोपन गर्नका लागि महत्वपुर्ण मानिएको छ ।

स्पेनिस शोधकर्ता हुवाँ कार्लोसले जनेटिकली मोडिफाइड बाँदरको भ्रुणबाट अंग विकसित गर्न काम गर्ने बंशाणुलाई सक्रिय पारिएको थियो । त्यसपछि भ्रुणमा मानको स्टेम कोशिकाहरु राखियो । यसको नतिजामा भ्रुण कुनै पनि प्रकारको अंग निर्माणका लागि सक्षम भएको पाइयो । उक्त प्रयोगमा चीन, अमेरिका र स्पेनका वैज्ञानिकहरु संलग्न रहेको बताइएको छ ।

यद्यपी शोधकर्ताहरुको टोलीले कुनै पनि पत्रिकामा अनुसन्धानका परिणाम प्रकासित गरेका छैनन् । वेबसाइट एल–पेसका अनुसार हाइब्रिड भ्रुण तयार गरियो तयर विकसित भएको १४ दिनपछि नै त्यसलाई नस्त गरियो । भ्रुणमा रातो रेखा देखिएको थियो, जसले भविष्यमा यसमा केन्द्रिय स्नायु प्रणालीको विकास हुन नसक्ने बताउँछ । यद्यपी भ्रुण तयार गर्ने प्रयोग भने सफर रह्यो ।

शोधकर्ता हुवाँ कालोसले सन् २०१७ मा पनि पहिलो पटक मानव र सुंगुरको वंशाणु मिलाएर एक भ्रुण तयार गरेका थिए । तर उक्त प्रयोग धेरै सफल भने हुन सकेको थिएन् । अनुसन्धानका परियोजना लगानी कर्ता र अमेरिकी मर्सिया क्याथोलिक युनिभर्सिटीका भ्वाइस चान्सलर एस्ट्रेला न्युनेलका अनुसार टोली उक्त अध्ययन जर्नलमा प्रकासित गर्ने तयारी गरिरहेका छन् ।