भारतले नियन्त्रण रेखापारि नागरिकमाथि निसाना बनाइरहेको छः इमरान

0
Shares

इस्लामाबाद (एजेन्सी) ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक गरेको छ र भारतको आक्रामक ब्यवहारले क्षेत्रमा संकट उत्पन्न हुन सक्ने बताए ।
पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ, जसलाई भारतले अस्विकार गरिसकेको छ ।

भारतले नियन्त्रण रेखापारी नागरिकहरुलाई निशाना बनाई हमला गरिरहेको इमरान खानले आरोप लगाएको छ । एक ट्विटमा इमरानले भनेका छन्– म भारतका तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकहरुमाथि आक्रमण र क्लस्टर बमको प्रयोग भएकोमा आलोचना गर्दछु । यो मानविय कानुन र भारतको १९८३ को परम्परागत हतियारमाथिको रोकमा प्रतिबद्धताको उलंघन पनि हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद र शान्ति तथा सुरक्षाका लागि यो अन्तराष्ट्रिय खतराको संज्ञान लिनु पर्छ । भारत नियन्त्रित काश्मिरमा रहेका नागरिकहरुको पिडाको लामो रात अन्त्य गर्ने समय आएको छ । उनीहरुलाई संंयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अन्तर्गत आफनो भाग्य स्वंय चयन गर्ने अधिकारको प्रयोग गर्न दिनु पर्छ ।

उनले भने– काश्मिरको शान्तिपुर्ण तथा न्यायुपुर्ण समाधानले नै दक्षिण एसियामा शान्ति तथा सुरक्षाको मार्ग प्रसस्त हुने छ । भारतिय फोजको आक्रामक कारवाहीले क्षेत्रमा नयाँ संकट उत्पन्न गर्न सक्ने पनि इमरानले ट्विटमा उल्लेख गरेको छ ।

उनले भने– राष्ट्रपति ट्रम्पले काश्मिरमा मध्यस्थताको प्रस्ताव दिएको छ । अब यो गर्ने समय आएएको छ । किनभने भारतिय बलको नयाँ आक्रामक कारवाहीका कारण काश्मिरमा र नियन्त्रण रेखा पारीको स्थिति खराब भइरहेको छ । यसको क्षेत्रिय संकटमा परिवर्तनको सम्भावना छ ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले गत महिना पाकिस्तानी प्रधानमन्ी इमरान खानसँग भेटवार्ताका क्रममा काश्मिरको मुद्दामा मध्यस्थताको प्रस्ताव दिएका थिए । पाकिस्तानले उक्त प्रस्तावलाई स्वागत गरेको थियो भने भारतले त्यसलाई पुर्ण रुपमा अस्विकार गरेको थियो ।

भारतले हालै मात्र सुरक्षाका कारण अमरनाथ यात्रा रद्द गरेको छ र भारत प्रशासित काश्मिरमा सुरक्षाबलाको संख्यामा पनि बृद्धी गरेको छ । भारतले पर्यटकहरुलाई पनि काश्मिरबाट फिर्ता हुन भनेको छ । उक्त कारवाही पछि काश्मिरमा तनाब बढेको छ र अहिले त्यहाँको स्थिति सन् १९९९मा भएको कारगिल युद्धको बेला पनि नभएको स्थानिय पत्रकारहरुले बताएका छन् ।