टेक्सास र ओहायोमा गोली चल्दा २९को मृत्यु, दर्जनौं घाइते

0
Shares

ह्युस्टन,(एजेन्सी) ।
अमेरिकाको टेक्सास राज्यको एउटा सुपरमार्केटमा भएको बिसजना मानिसको ज्यान जाने गरी भएके गोलीकाण्डको पछाडि घृणाको कारण हुनसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

शनिवार अमेरिकार मेक्सिको सिमाना नजिकको एल पासो सो गोलीकाण भएकै स्थान वालमार्ट स्टोरबाट २१ वर्षिय एक गोरा युवकलाई प्रहरीले पक्ताउ गरेको छ । सो स्थानमा जथाभावी गोली चलाउनु केहि छिन अघि मात्र सार्वजनिक गरिएको देखिएको एक लिखित दस्तावेजमा अहमवाद र जातिवाद सम्बन्धी विचारधाराहरु पोखिएको छ ।

सो दस्तावेज त्यहि युवकले लेखेको हुनुपर्ने विश्वास गरिएको छ । यस आक्रमण ल्याटिन अमेरिका र स्पेनबाट अनियन्त्रित संख्यामा टेक्सासमा आप्रवासी प्रवेश भएको समस्या प्रति लषित रहेको देखिएको छ ।

प्रहरीले एसल्ट स्टाइलको राइफलबाट अन्धाधुन्ध गोली चलाउने ति युवक एल पासो देखि करिव १ हजार ४६ किमि पूर्वमा पर्ने डल्लासको एल्लेन निवासी भएको जानकारी दिएको छ । यस घटनामा अन्य २६ जना घाइते भएक छन् ।
अधिकारीहरुले आक्रमणको खासै उद्देश्य स्पष्ट पारेका छैनन् । तर एल पासोका प्रमुख प्रहरी आयुक्त ग्रेग एल्लेनले अनुसन्धान जारी रहेको तथा यसमा मानविय घृणाको भावना हुनुसक्ने संकेत देखिएको बताएका छन् ।

प्रायशः दक्षिणपन्थिहरुले प्रयोग गर्ने गरेको ८ चान नामक एउटा अनलाइन मेसैज बोर्डमा सो चार पृठ लामो विवादास्पद दस्तावेज पोष्ट गरिएको थियो । प्रहरीलाई आक्रमण समबन्धमा पहिलोे आपतकालिन खवर आउनु करिव २० मिनेट अघि मात्र उक्त दस्तावेज पोष्ट गरिएको देखिएको छ ।


सो दस्तावेजमा गत मार्चमा न्युजिलयान्डको क्रिस्टचर्चमा ५१ जना मानिसको जयन जानेगरी गोली चलाउने वयक्तिको पनि समर्थन गरिएको छ । प्रहरीले सुरक्षाकर्मिले स्टोरलाई घेरावन्दि गरेपछि आत्म समर्पण गरेका प्याट्रिक क्रुसियस नामक ति युवकसंग सोधपुछ जारी रहेको अमेरिकी संचार माध्मले बताएको छ ।

अमेरिकाको आधुनिक इतिहासमै हिस्पानी मूलको बाहुल्य रहेको एल पासोमा भएको यो आठौं सबैभन्दा भयावह आक्रमण भएके बताइएको छ । मृतकका नामावली अझै सार्वजनिक गरिएको छैन ।

तर मेक्सिकोका राष्ट्रपति एन्द«ेस म्यानुयल लोपेज ओव्राडोरले मारिनेमा तीनजना मेक्सीकोका नागरिक भएके बताएका छन् । अमेरिकी संचार माध्यमले प्रशारण गरेको सिसिटिभि फुटेजमा कानमा प्रोटेक्टर धारण गरेका तथा कालो टिसर्ट लगाएका एकजना शसस्त्र युवक देखिन्छन् ।

स्थानिय समुय अनुसार शनिवार बिहान १० बजेर ३९ मिनेट जाँदा आक्रमण शुरु भएकबो तथा त्यसको ६ मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो । सियलो भिस्टा मल नजिकको सो वालार्ट आक्रमणकोबेला बिद्यालय समबन्धी सामग्री किन्नेका भिड लागेको थियो ।

डेटनमा पनि गोलीकाण्ड
टेक्सासको घटना बितेको १४ घन्टा भन्दा कम समयमा अमेरिकाको ओहायो राज्यको डेटनमा भएको गोलीकाण्डमा कम्तिमा ९ जना मानिसको ज्यान जानुका साथै अन्य दुई दर्जन भन्दा बढि वयक्ति घाइते भएको स्थानिय सुरक्षाकर्मिले जनाएको छ । आइतवार बिहान सवेरै डेटनको मध्यभागमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली चलेको एक मिनेटै बित्न नपाउँदै सुरक्षाकर्मिसंगको भिडन्तमा ति आशंकित आक्रमणकारी मारिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर मार्फत दुवै गोलीकाण्डलाई ‘ कायरतापूर्ण कार्य ’ को संज्ञा दिएको छ ।