पहिरोमा परी दुईको मृत्यु


सरस्वती न्यौपाने, रसुवा ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको तातोपानी क्षेत्रमा पहिरोका कारण टाटासुमो पुरिँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शनिबार साँझ ५ बजे ना१ज ७८२४ नम्बरको टाटासुमो रसुवाबाट काठमाडौं आउने क्रममा पहिरोले पुरिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा दावा शेर्पा लिखुपिके–१ सोलु, वाङचु शेर्पा सल्लेरी नगरपालिकाका रहेका छन् । मृतक तथा घाइते सबै सोलुखुम्बुका हुन् ।
दुर्घटनामा सात घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको तथा चालक सकुशल रहेको उहाँको भनाइ थियो । घाइतेहरु सबैलाई थप उपचारका लागि धुन्चे लगिएको छ ।