आजको सरकार पनि भाषा–भाषीप्रति अनुदार



नरेशवीर शाक्य
नेवाः भाषा अभियन्ता

नरेशवीर शाक्य करिब पाँच दशकदेखि भाषिक र जातीय विभेदविरुद्ध लगातार संघर्ष गर्दै आएका जुझारु व्यक्ति हुनुहुन्छ। नेपाल भाषा आन्दोलनका लागि स्थापित नेपाल भाषा मंका खलःमा शुरूदेखि आबद्ध शाक्य दुईपटक यसको सचिव रहिसक्नुभएको छ। दोस्रोपटक सचिव भएपछि अधिवशेन नभएकाले अहिलेसम्म सचिवको दाबी गर्दै आएका शाक्यसंँग भाषिक आन्दोलन, मंका खलःको इतिहास र यसका विविध पक्षबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश:
मानिसले कसरी चिनेमा तपाईंको व्यक्तित्वप्रति न्याय गरेको ठहर्ला ?
म मँलतः भाषिक अधिकारकर्मी हुँ। यस देशमा भाषिक, सांस्कृतिक र जातीय विभेद छ। ती विभेदको अन्त्य हुनुपर्दछ भनेर शान्तिपँर्णरूपमा संघर्ष गर्दै आएको छु। करिब पाँच दशकदेखि निरन्तर अधिकार प्राप्तिको लडाइँमा क्रियाशील हुँदै आएको छु।

भाषिक अधिकारको संघर्षमा तपाईं कसरी जोडिनुभयो ?
२०३२ सालमा राजधानीको केलटोल जनबहाल (सेतो मच्छिद्रनाथ परिसर)मा त्यति बेलाको राज्यले गरेको भाषिक, सांस्कृतिक दमनविरुद्ध ठँलो सभा भएको थियो। त्यो सभामा पद्मरत्न तुलाधर, प्रेमबहादुर कसा र सीताराम तामाङले राज्यले गरेको दमन, विभेदविरुद्ध आन्दोलन गर्नुपर्ने पक्षमा खरो अभिव्यक्ति दिनुभएको थियो। देशका सबै नागरिकबीच भाषिक समानता हुनुपर्दछ भनेर वक्ताहरूले बोलेको सुनेर आन्दोलनको लागि उत्प्रेरित भएको थिएँ। त्यसपछि भाषा, संस्कृतिका लागि हपाः गुठी स्थापना ग¥यौं। गुठीमार्फत भाषिक जागरण कार्यक्रमहरू सञ्चालन ग¥यौं।

त्यसभन्दा अघि तपाईंमा भाषिक अधिकारको चेत विकसित भएको थिएन त ?
भाषिक अधिकारका लागि लाग्नुपर्दछ भनेर मनस्थिति दृढ बनिसकेको थिएन। भाषिक अधिकारबारे बुझ्ने क्रममा थिएँ। विद्यालयदेखि नै नेपाल भाषाको साहित्यिक गतिविधिमा संलग्न हुन थालेको थिएँ। अन्तरस्कुल नेपाल भाषा हाजिर जवाफलगायत विभिन्न गतिविधिमा संलग्न भएपछि क्रमशः भाषिक अधिकारबारे बुझ्न थालें। २०३२ सालको गतिविधिले भाषिक अधिकारप्रतिको बुझाइ सघन तुल्याएको थियो, आन्दोलनमा लाग्नुपर्दछ भन्ने मानसिकतालाई बलियो बनाएको थियो।

भाषिक आन्दोलनमा कुन रूपमा सक्रिय हुनुभयो त ?
२०३२ सालपछि भाषिक अधिकारको आन्दोलन निरन्तर बढ्दै गएको थियो। त्यसको परिणतिस्वरूप २०३६ सालमा नेपाल भाषा मंका खलःको स्थापना भयो। मंका खलःको स्थापनापछि त्यसको गतिविधिमा म निकै सक्रिय भएँ।

नेपाल भाषा मंका खलः कस्तो संस्था थियो ?
भाषिक दमनविरुद्ध आन्दोलनका लागि २०३६ सालमा गठित संस्था हो। सरकारसंँग लड्न बनाएको संस्था प्रशासनमा दर्ता गर्नुहुँदैन भनेर मंका खलः दर्ता नै गरिएन। अहिलेको हिसाबले भन्दा मंका खलः भाषिक अधिकारका लागि लड्न गठित एउटा साझा चौतारी थियो।
मंका खलःको स्थापनापछि भाषिक अधिकारका लागि संघर्षका गतिविधिहरू बढ्दै गएका थिए।

संस्थाको यस्ता गतिविधिले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनलाई निकै टेवा पु¥याएको थियो। पञ्चायती व्यवस्थाले भाषा, संस्कृतिमाथि निकै दमन गरेकाले त्यसका विरुद्धको गतिविधि स्वयं पञ्चायती व्यवस्थाविरुद्ध सोझिएको थियो। मंका खलः यही बखत राष्ट्रिय स्वाभिमानका लागि नेपाल संवत्, राष्ट्रिय संवत् आन्दोलन वा भिन्तुना अभियान सञ्चालन गरेको थियो। यस्तै गतिविधिमा क्रमशः मेरो जीवन एकोहोरिन थालेको थियो।

मंका खलःको केही जिम्मेवारी लिनुभएन त ?
नेपाल संवत् १११२ मा म सचिव भएँ। खलःको अध्यक्ष पद्मरत्न तुलाधर हुनुहुन्थ्यो। त्यसको तीन वर्षपछि पुनः म दोस्रोपटक सचिव भएँ। त्यति बेलादेखि मंका खलःको अधिवेशन नै भएन। त्यसले गर्दा अहिले पनि मैलै आफँलाई सचिवका रूपमा लिँदै आएको छु।

लामो समयसम्म सक्रिय र सशक्त रहेको मंका खलः पछि अधिवेशनसम्म गर्न नसक्ने हैसियतमा कसरी पुग्यो त ?
नेपाल संवत् १११५ मा मंका खलःका पदाधिकारीहरूले नै नेवाःहरूको एउटा राष्ट्रिय संगठन स्थापना गर्नुपर्ने खाँचो महसुस गरेको थियो। सोहीअनुरूप नेवाःहरूको राष्ट्रिय संगठनका रूपमा नेवाः देय् दबँ स्थापना पनि भयो। राष्ट्रियस्तरमा देय् दबँ संस्थापनापछि मंका खलः तुलनात्मक हिसाबले सानो वा एक अर्थमा छायामा परेको जस्तो प्रतीत हुन थालेको थियो। तैपनि यसले आफ्ना गतिविधिलाई निरन्तर अघि बढाउँदै आएको छ।

नेवाः देय् दबँको स्थापनापछि मंका खलःको औचित्य सकिएको हो त ?
देय् दबँ स्थापना गर्दा त्यसलाई सामाजिक र मंका खलःलाई राजनीतिक प्रकृतिको संगठनका रूपमा विकास गर्ने संस्थापकहरूबीचको बुझाइ थियो। त्यसैले शुरूमा देय् दबँको उद्देश्य देशभरका नेवाःहरूको एकताबद्ध गरी संस्कृति, संस्कार र भाषा सिकाउने थियो। मंका खलःलाई काठमाडौं उपत्यकाको हकमा भाषिक, सांस्कृतिक अधिकारका लागि लड्ने संस्थाका रूपमा विकास गर्ने उद्देश्य थियो। यसविपरीत विस्तारै राजनीतिक हक–अधिकारका लागि लड्ने संस्था पनि नेवाः देय् दबँ बन्दै गएपछि नेपाल संवत् नयाँ वर्ष मनाउनेबाहेक मंका खलःको आफ्नो विशिष्ट कार्यक्षेत्र नै भएन। पछि पनि बनाउन सकिएन।

मंका खलःको क्षयीकरणको प्रभाव तपाईंको व्यक्तित्वमा कतिको प¥यो ?
प्रभाव पर्नु स्वाभाविक नै हो। त्यसका बाबजुद पनि म निरन्तर मंका खलःको गतिविधिमा क्रियाशील हुँदै आएको छु।

नेपाल भाषाको विकासका लागि तपाईंले अरू कार्य के–के गर्नुभयो ?
भाषिक अधिकार, भाषाका संरक्षणका लागि म पत्रकारितामा क्रियाशील भएँ। एक पुस्ताले अर्को पुस्तालाई नेपाल भाषा सिकाउने क्रम सुस्तरी कम हुँदै गइरहेको छ। यसले नेपाल भाषा क्रमशः लोप हुँदै गइरहेको छ। बच्चालाई नेपाल भाषा नसिकाउने कारणले उनीहरू आफ्नो भाषामा बोल्न नसक्ने भएका छन्। त्यसैले सानै उमेरदेखि मातृभाषा सिक्न सकँन् भनेर बालबालिकाका लागि लक्षित गरी २०५८ सालदेखि ‘इलोंह’ मासिक पत्रिका नियमित प्रकाशन गर्दै आइरहेको छु। त्यसै गरी साहित्यकारका लागि नली पत्रिका, युवावर्गका लागि ‘पेज थ्री’, नेपाली र नेपाल भाषामा ‘लायकु’ पत्रिका रञ्जना र प्रचलित नेपाल लिपिमा पत्रिका प्रकाशन गर्दै आइरहेको छु।

नेपाल भाषा मंका खलः भाषिक दमनविरुद्ध आन्दोलनका लागि २०३६ सालमा गठित संस्था हो। सरकारसंँग लड्न बनाएको संस्था प्रशासनमा दर्ता गर्नुहुँदैन भनेर यो संस्था दर्ता नै गरिएन। अहिलेको हिसाबले भन्दा मंका खलः भाषिक अधिकारका लागि लड्न गठित एउटा साझा चौतारी थियो।

यसबीचमा पार्टी नै खोलेर राजनीतिमा किन होमिनुभयो ?
शुरूदेखि नै म भाषिक, सांस्कृतिक अधिकारका लागि लड्दै आएको मान्छे हुँ। राजनीतिक दल र तिनका नेताहरूले भाषिक विभेद, सांस्कृतिक विभेदको एजेन्डालाई आफ्नो राजनीतिक शक्ति आर्जन गर्ने भ¥याङ बनाएर निर्णायक अवस्थामा मुद्दा नै छाड्ने, धोका दिने गर्दै आएका छन्। पञ्चायतको समयमा भाषिक अधिकारको लडाइँमा ऐक्यबद्धता जनाउन, संँगै आन्दोलनमा आएका विभिन्न दलका नेताले प्रजातन्त्र पुनःस्थापनापछि भाषा, जाति र सांस्कृतिक विभेदका सारा समस्या समाधान हुन्छ भनेर वर्षौंसम्म झुलाए। २०४६ सालको प्रजातन्त्र स्थापनापछि पनि ती समस्याहरू ज्यँँका त्यँँ रहे। पछि माओवादी आन्दोलन भयो। उनीहरूले पनि जातीय मुद्दालाई राजनीतिक शक्ति आर्जन गर्ने हदसम्म प्रयोग ग¥यो। यस्तो अवस्थामा जाति, भाषाका लागि लड्ने राजनीतिक शक्ति हामीले बनाउनुपर्दछ भनेर पहिलो संविधानसभाको तीन÷चार महिनाअघि नेपाः पार्टी स्थापना गरेका थियौं।

राजनीतिक शक्ति निर्माणको अनुभव कस्तो रह्यो ?
पहिलो संविधानसभा हुनुभन्दा चार महिनाअघि नेपाः पार्टी निर्वाचन आयोगमा दर्ता गरेको थियो। संविधानसभाको निर्वाचनपछि समानुपातिकतर्फ पार्टीले एक सिट पायो। प्रत्यक्ष उम्मेदवार दिएको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा हामी चौथो दल भएका थियौं। यसले अपेक्षित सफलता हासिल नगरे पनि हामीलाई निकै उत्साहित बनाएको थियो।

त्यसपछि राजनीतिक यात्रा कसरी अघि बढाउनुभयो ?
पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीमा पराजय व्यहोर्नुपरे पनि राजनीतिकरूपले निरन्तर क्रियाशील हुँदै आइरहेको छु। पछिल्लोपटक डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरें। पार्टीमा छु, तर खासै सक्रिय हुन सकिरहेको छैन।

नयाँ दल निर्माणका चुनौती के–के हुन् ?
भाषिक विभेद, सांस्कृतिक विभेद र पहिचानको राजनीतिलाई अघि बढाउन राजनीतिक शक्ति बनाउने हाम्रो प्रयास थियो। संगठन निर्माण नै मुख्य चुनौती र≈यो। बाबु, बाजेले जुन पार्टीलाई मत दिँदै आएको र मैले पनि सोही दलमा मत हाल्नुपर्दछ भनेर सोच, ठँला दलसंँग सुविधाको लोेभलगायतले गर्दा नयाँ शक्ति निर्माणमा निकै कठिनाई रहेको अनुभव गरेको छु।

पाँच दशकअघि जुन विभेदविरुद्ध तपाईले संघर्ष शुरू गर्नुभयो। त्यस बिन्दुबाट हेर्दा अहिलेको अवस्था कस्तो पाउनुहुन्छ ?
परिमाणात्मकरूपमा अहिलेको वातावरण निकै खुला छ। भाषिक, सांस्कृतिक सवालमा केही न केही अधिकार पाएका छौं। तर, राज्यको चरित्र गुणात्मकरूपले बदलिएको छैन। यसको उदाहरणका रूपमा हालै प्रस्तावित गरेर फिर्ता लिइएको गुठी विधयेकलाई लिन सकिन्छ। सो विधयेकले गुठीको मर्म र मँल्यलाई पटक्कै आत्मसात नगरी गुठीको जग्गा मात्र हडप्न खोजेको छ। गुठीयारहरूलाई अझैै गुठीको स्वामित्वबाट वञ्चित गराउन खोजेको छ। यही हो त संघीयता, लोकतन्त्र र गणतन्त्र ? अझै राज्यले नियन्त्रण गर्ने, थिचोमिचो गर्ने ? यस्तो मानसिकता पञ्चायतभन्दा कुन रूपमा फरक छ त ? राज्यको सोच र संस्कार हिजोको भन्दा खासै बदलिएको अनुभँति भएन।

अधिकारका लागि अझै संघर्ष गर्नुुपर्ने तपाईंको संकेत हो ?
हो, अधिकार र समानताका लागि आन्दोलन–संघर्षको खाँचो छ। पँर्ण अधिकार हामीले पाएका छैनौं। भाषिक अधिकारको दृष्टिले संविधान तुलनात्मकरूपमा धेरै उदार छैन। समानुपातिक समावेशीका लागि अझै संघर्ष गर्नुपर्ने अवस्था छ। राजनीतिक अधिकारका लागि आन्दोलन जरुरी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्