लेखेर पानामा छोडेका गीत अहिले माग्न थालेः राजनराज शिवाकोटी



माना यस्तो पनि थियो कि जमघट, मेला, पर्व, पार्टी, पिकनिक जहाँ पनि हिन्दी गीत मात्र सुनिन्थे। तर, विविध विधाका नेपाली गीतको व्यापकतासँगै नेपाली गीत–संगीतको रौनक मात्र बढेको छैन, यसैलाई पेसा बनाएर लोकप्रियता कमाउनुका साथै जीवन जिउन पनि सरल भएको छ।

कुनै बेला नेपाली लोकगीत भनेपछि नाक खुम्च्याउने युवा जमात अहिले नेपाली लोक शैलीका गीतमा झुम्न थालेका छन्। २०७२ सालमा सुपरहिट फिल्म वडा नं ६ मा समावेश सुर्के थैली खै बोलको गीतले सफलता पाएपछि यसका गायक, गीतकार र संगीतकार राजनराज शिवाकोटी पनि चम्किए। सुर्के थैलीको सफलतापछि राजनका पूर्व–पश्चिम रेल, कुटुमा कुटु, गोजीमा दाम छैन, चेप्टे चेप्टे पेरुगों, चरी चट्ट परी, सीओ डब्ल्यू काउ, चिरबिर चिरबिर चाँचरी, ठेकीमा दही, टाकन टुकुन टक्क, उम्लियो भने पोखिन्छ जस्ता फिल्मी लोकगीतले बजार पिटे भने सुर्के थैलीले त पहिलोपटक नेपाली गीतलाई युट्युबमा करोड क्लबमा प्रवेश गरायो।

त्यसपछिका उनका अधिकाशं गीत करोड क्लबमा पुगे भने उनी करोड कीङका रूपमा पनि चिनिए। डेढ दशक अगाडि नै गायकका रूपमा संगीत क्षेत्रमा प्रवेश गरेका उनको शब्द, संगीत र स्वर रहेको पहिलो गीत मायालु आउने जाने बाटोमा हिट भयो।

उनैले त्यसपछि सम्धीज्यू, सम्धीज्यू वार्ता गराइदेउ, अनिल सिंहले गाएको म माया गर्छु, नवीन के भट्टराईले गाएको कलि–अलि, कति पिँडा हुँदा नि, अञ्जु पन्तको स्वरको जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन जस्ता करिब ३ सय गीतमा राजनराजको शब्द, संगीत र स्वर लोकप्रिय हुँदा पनि उनी भने ओझेलमै रहे। अहिले समय बदलिएको छ।

सुर्के थैलीबाट गायन र संगीतमा लोकप्रियता कमाएका राजनराजलाई नचिन्ने संगीतप्रेमी सायदै होलान्। पछिल्लो समय बनेका फिल्ममा अनिवार्यरूपमा यस्ता शैलीका गीत समावेश हुन थालेपछि राजनराजको व्यस्तता पनि बढ्दो छ। राजनराज शिवाकोटीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

केही गीत रेकर्डिङ र विभिन्न गीत–संगीतका कार्यक्रममा व्यस्त छु। काम भइरहेको छ। व्यस्त–व्यस्त बनाएको छ।

गीत–संगीतको क्षेत्रमा कसरी आउनुभयो ?

म बाल्यकालदेखि नै संगीतमा लागेको होइन। घर–परिवारमा संगीतमा लाग्ने वातावरण पनि थिएन। रुचि भएर पनि खुलेर यो क्षेत्रमा आउन सकेको थिइनँ। घर–परिवारबाट स्वीकृति नभएका कारण एक किसिमको विद्रोह नै गरेर आउनुपर्ने अवस्था थियो। यो क्षेत्रमा भविष्य राम्रँे हुन्छ भन्ने ग्योरेन्टी पनि थिएन। त्यसैले पढाइ सकाएर जागिर खाएपछि मात्र यो क्षेत्रमा अँएको हुँ।

यो प्राकृतिक कुरा हो, जुन मभित्र रहेछ र बाटो खोजेर बाहिर आयो जस्तो लाग्छ। म २०५८÷०५९ तिर मात्र संगीतमा आएको हुँ। आफ्नै शब्द, संगीत र स्वरमा पहिलो गीत मायालु आउने जाने बाटोमा गाएँ, गीत निकै हिट भयो। यो गीतलाई मैले परीक्षणका रूपमा मात्र हेरेको थिएँ। गीत चलेपछि भने म पनि शब्द, संगीत र गायनमा राम्रो गर्न सक्ने रहेछु भन्ने लाग्यो र यही क्षेत्रलाई निरन्तरता दिने निधो गरें।

त्यो गीत नचलेको भए मैले संगीत क्षेत्रलाई निरन्तरता दिन सक्दिन थिएँ। त्यसपछि मैले एकपछि अर्को गीतमा संगीत दिँदै गएँ। संगीत र शब्द लेख्न थालें, गायनको पाटोतिर गइनँ। मेरो संगीतमा धेरै जनाले गीत गाउनुभयो, ती गीतहरू हिट हुन थाले। २०६० सालमा गइदिन्छु माइत बोलको लोकदोहोरी गीत र ०६१ सालमा पञ्चामृत नामक पपगीतको एल्बम निकालें, जसमा नवीन के भट्टराईको अलि अलिकति पीडा हुँदा नि र अनिल सिंकोे म माया गर्छु मेरी उनीलाई चले।

त्यसपछि लोक शैलीको एल्बम सम्धीज्यू सम्धीज्यू बोलको लोक तेहेरी भनेर निकालें। केही समयपछि हुन्न रे हुन्न रे भन्ने लोकदोहोरी एल्बम र त्यसपछिका दिनमा विभिन्न चेतनामूलक, गीतका साथै आधुनिक लोकपप सबै प्रकारका गीतहरूमा शब्द संगीत गर्न थालें।

संगीत क्षेत्रमा आउन कोबाट प्रभावित हुनुहुन्थ्यो ?

म कोहीबाट प्रभावित भएर त आएको होइन। तर, मलाई गोपाल योञ्जनका गीतहरू निकै मन पथ्र्यो। २०५२ सालतिर मैले उहाँको फोन नम्बर पत्ता लगाएर फोन गरेको थिएँ। मैले उहाँलाई मलाई तपार्इंको गीतहरू निकै मन पर्छन् म भेट्न चाहन्छु भनें, उहाँले नरम स्वरमा मलाई अहिले सञ्चो छैन ठीक भएपछि मिलाएर भेटौंला भन्नुभयो। म उहाँलाई भेटेर आशिर्वाद र सल्लाह सुझाव लिन चाहन्थें। तर, उहाँ अस्वस्थ हुनुहुन्छ र उहाँबाट त्यस्तो जवाफ आउला भन्ने लागेको थिएन। त्यसपछि म आफ्नै काममा व्यस्त भएँ, केही समयपछि उहाँको निधन भयो। उहाँलाई भेट्ने मेरो इच्छा अपुरै र≈यो।

पप गीत–संगीतबाट फिल्मी क्षेत्रमा कसरी आउनुभयो ?

फिल्ममा लोक शैलीका गीतहरू राखेर मौलिकताको जगेर्ना गर्नुपर्छ भनेर पहिलेदेखि नै सोच्ने गर्थें। वडा नम्बर ६ बाट त्यो ढोका खुल्यो। त्यसको करिब १ वर्षसम्म पनि लोक शैलीका गीत फिल्ममा राखेर परीक्षण गरेको थिएँ। नेपाली मँैलिकता बोकेको गीत दर्शकले कत्तिको रुचाउनुहुन्छ या हुन्न भन्ने नै थियो। २०७३ सालमा छक्का पञ्जामा पूर्व–पश्चिम रेल बोलको गीत आयो। त्यो गीत पनि रुचाइएपछि मौलिकता बोकेका गीत दर्शकले मन पराउँदारहेछन् भन्ने महसुस भयो। त्यसपछि लगातार अन्य फिल्मकर्मीले पनि मसँग यस्तै शैलीका गीतको माग गर्न थाल्नुभयो।

फिल्ममा लोकगीत पुनः भियाउनुभएको छ। यस क्षेत्रमा लोकगीतको भविष्य कस्तो देख्नुभएको छ ?

पहिलेदेखि नै हेर्ने हो भने लोक शैलीका गीत नै सदावहार भएको देखिन्छ। रेसम फिरिरी, झम्के फूली, मोहनी लाग्ला है, चट्ट रुमाल क्या मालुम जस्ता गीत नै अहिले पनि सबैको रोजाइमा छन्। मानिसलाई आफ्नो कला, धर्म, संस्कृति र परम्परा कहिल्यै पनि पुरानो लाग्दैन। तर, एकै किसिमका गीत एकैपटक धेरै आउँदा केही समय मोनोटोनस हुन सक्छ। लोकगीत भनेको आमाको काख हो र आमाको काख कहिल्यै पनि पुरानो लाग्दैन। त्यस कारण भविष्यमा पनि यस्ता गीतहरूलाई उत्तिकै सुनिन्छ जस्तो लाग्छ।

अहिले अधिकांश फिल्ममा लोकगीत प्रयोग भएको पाइन्छ। यो प्रोड्युसरको बाध्यता हो कि समयको माग ?

त्यो त समयको माग नै हो नि। समयको माग भएका कारण नै उहाँहरू फिल्ममा लोक शैलीका गीतहरू राख्नका लागि बाध्य हुनुभयो नि होइन र? कुटुमा कुटु गीत मैले २०६५ सालमै तयार पारेको थिएँ। पूर्व–पश्चिम रेल र सुर्के थैली पनि ६÷७ वर्षअघि नै लेखेका गीत हुन्। कपीको पानामा लेखेर छोडेका गीतहरू अहिले आएर फिल्मकर्मीहरूले मन पराएर एक पछि अर्को गर्दै लिन थाल्नुभयो। भनेपछि समयको माग पूरा गर्नका लागि नै उहाँहरूले यस्तो गीत राख्न थाल्नुभयो नि। यदि मलाई कुटुमा कुटु, सुर्के थै स्ता गीत हिट हुन्छन् भन्ने थाहा भएको भए, म त्यही बेला नै निकाल्थें होला नि। समयको माग र आवश्यकताअनुसारको नै गीत–संगीत चल्ने हुन् र चल्ने गीत–संगीत नै फिल्ममा राखिने हुन्।

तपाईंका कारणले फिल्ममा लोकगीत चलेको कि लोकगीतका कारण तपाईं चल्नुभएको हो ?

न मेरो कारण लोकगीत चलेको हो, न लोकगीतका कारण म चलेको हुँ। केवल मेरो सिर्जना चलेको हो। मैले सयमको आवश्यकताअनुसार सिर्जना गरेको सकेको रहेछु। मलाई भगवान्ले माध्यम बनाइदिनुभयो। म कुनै दबदबा जमाउँछु भनेर आएको होइन र मैले आफू चल्छु भनेर कहिल्यै सोचिनँ। मैले कहिल्यै पनि हातर गरिनँ र आत्तिइन पनि। समय आएपछि लोक शैलीका मेरा काम रुचाइयोे त्यति मात्र हो। त्योभन्दा अघि पनि डाँफेझंै नाच्ने हिमालझैं हास्ने मान्छे रैछे खली, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ जस्ता मौलिकता भएका सन्देशमूलक पप तथा आधुनिक गीतले सफलता पाएकै हुन्।

अधिकांश गीत फिल्मको प्रसंगभन्दा फरक तरिकाले प्रयोग भएको पाइन्छ नि ?

त्यो त प्रोड्युसरले आफ्नो फिल्ममा कस्तो गीत फिट हुन्छ भनेर राख्ने कुरा हो। केही समय पहिले नेपाली फिल्म हेर्ने चलन नै थिएन। त्यही कारण मानिसलाई कस्ता गीत छन् भन्ने कुरा थाहा नभएको पनि हुन सक्छ। तर, पछिल्लो समय गीतका कारण नै फिल्म हेर्ने पनि गरेको पाइन्छ। फिल्ममा समावेश कुनै पनि गीत हन्ड्रेड पर्सेन्ट ठीक र हन्ड्रेड पर्सेन्ट बेठीक भन्ने नै हुँदैन नि।

गीत–संगीतबाट मात्र सर्भाइब हुने अवस्था छ ?

अहिलेको अवस्थामा सांगीतिक क्षेत्रको अवस्था निकै राम्रो छ। कार्यक्रम र गीत रेकर्डिङ पहिलेको भन्दा अहिले बढिरहेको छ। कलाकारले क्षमता देखाउन पाएका छन् र क्षमताअनुसारको आम्दानी गरिरहेका छन्। त्यसैले सर्भाइब हुन सकिन्छ।

व्यावसायिक हिसाबमा तपाईंलाई पपभन्दा फिल्म संगीत फापेको हो ?

एउटा गीत एल्बममा राख्दा र फिल्ममा नराख्दा अवश्य पनि फरक पर्छ। एल्बमको भन्दा फिल्मको बजेट बढी हुने र प्रचार–प्रसार बढी हुने भएकाले गीतलाई प्रभाव पार्छ नै। मलाई फिल्म क्षेत्र फापेको भन्दा पनि फिल्ममा समावेश गीत सफल भएको भनौं न।

यो क्षेत्रमा आफ्नो प्रतिस्पर्धीका रूपमा कसलाई हेर्नुभएको छ ?

म यो क्ष्ँेत्रमा प्रतिस्पर्धा गर्छु भनेर आएकै होइन। न मैले हिट हुनका लागि काम गरें, न त लोभ लालच र हतार नै गरें। हजुरआमा, हजुरबुबाले देखाउनुभएको असल मान्छे बन्नुपर्छ र राम्रो काम गर्नुपर्छ भन्ने बाटोमा हिँडिरहें। संगीत क्ष्ँेत्रमा सामान्य मान्छेका रूपमा आफ्नो रुचिको क्षेत्रमा जानेको कुरा अन्तर मनले गरिरहें।

हिजोआज संगीतकारहरू किन आफैं गीत गाइरहेका छन्, किन होला ?

अरूका बारेमा चाहिँ मलाई थाहा भएन। तर, म भने यो क्षेत्रमा गायकको रूपमै आएको थिएँ। पछि फेरि कम्पोजिसनमा लागें। एउटै व्यक्ति गाउँदा गायक, संगीत गर्दँ संगीतकार र गीत लेख्दा गीतकार बन्ने हो। गाउनेले संगीत गर्नै हुन्न, संगीतकारले गाउनै हुन्न र शब्द लेख्नै हुन्न भन्ने छैन। नवीन के भट्टराई, सुगम पोखरेल गायक हुँदाहँुदै पनि राम्रो संगीतकार हुनुहुन्छ। गोपाल योञ्जन राम्रँे गाउनुहुन्थ्यो। तर, उहाँलाई संगीतकारका रूपमा बढी चिनिन्थ्यो। उहाँको स्वर बुलन्द थियो। गाउने नगाउने भनेको आफ्नो इन्ट्रेस्टको विषय हो। गोपाल योञ्जनहरूले पनि गाउनुभएको थियो, अहिले पनि निरन्तर त्यही चलिरहेको छ।

तपाईंलाई गीत गाउन वा संगीत भर्न के गर्दा आनन्द आउँछ ?

हुन त म गायकका रूपमै यो क्षेत्रमा आएको थिएँ। तर, बीचमा कम्पोजिसनमा सक्रिय भएँ, मलाई कम्पोजिसन गर्दा बढी आनन्द आउँछ। बीचमा मैले गीत नै गाइनँ, कम्पोजिसन मात्र गरें। करिब १२ वर्षको ग्यापमा सुर्के थैली गाएँ। सबैले मन पराइदिनुभयो। समयले नै अब गीत गा भनेजस्तो लाग्यो। त्यसपछि फेरि गाउन थालें। म आफूलाई सुट हुने गीत छ भने गाउँछु। गीतलाई न्याय गर्न सक्दिनँ जस्तो लाग्यो भने गाउँदिन।

पूर्व पश्चिम रेल र सुर्के थैली पनि ६÷७ वर्षअघि नै लेखेको गीत हुन्। कपीको पानामा लेखेर छोडेका गीतहहरू अहिले आएर फिल्मकर्मीले मन पराएर एक पछि अर्को गर्दै लिन थाल्नु भयो। समयको माग पुरा गर्नका लागि नै उहाँहरूले यस्तो गीतहरू राख्न थाल्नु भयो नि।

तपाईंसँग धेरै संख्यामा तयारी गीत छ भनिन्छ नि ?

होइन। फिल्मका लागि भनेर तयार गरेका गीत कुनै बेला प्रयोग हुँदैनन्। त्यसरी एक÷दुई गीत रहने हुन्। तर, भण्डारै गरेर राख्ने भन्ने छैन।

नेपाली गीत संगीतलाई कसरी हेर्नुभएको छ ?

नेपाली संगीत क्षेत्र हराभरा छ। धेरै ठाउँबाट सिर्जना बाहिर आएका छन्। आफूले चाहेको क्षेत्रमा सिक्ने ठाउँ र अवसर धरै छन्। मानिस आफ्नो इन्ट्रेस्टअनुसारको गीत–संगीत सुनिरहेका छन्।

अबको योजना के छन् ?

अबको योजना भनेको संगीत क्ष्ँेत्रमा नै काम गर्ने, आफूले गरिरहेका कामहरूलाई निरन्तरता दिने हो। हाल वृद्धाश्रमसम्बन्धी गीत तयार पारिरहेको छु। त्यो गीत ल्याउने तयारीमा जुटेको छु।

नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ ?

अहिलेको समय एड्भान्स छ। जहाँसुकैबाट यो क्षेत्रमा आउन सकिन्छ। तर, यही क्षेत्रमा लाग्छु भन्ने प्यासन हुनुपर्र्छ। अहिले तपाईंले सिर्जना गरेका गीत ४०÷५० वर्षसम्म पनि मानिसलाई मन पर्न सकोस् न। त्यहीअनुसार आउनुहोला भन्न चाहन्छु।

 

प्रतिक्रिया दिनुहोस्