हाइड्रोपावरको एक्स्काभेटर जलाइयो


सोलुखुम्बु । सोलुखुम्बुको तिङ्ला भदौरेमा रहेको ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा जलाइएको छ । निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा प्रहरी परिचालन भएको जनाइएको छ ।

यो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन नसकेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन् । 
हाइड्रोपावरका निर्देशक भिम पाठकका अनुसार आगजनी भएको एक्स्काभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको हो ।