कलाकार मीनबहादुर शाहीको निधन


कालीबहादुर मल्ल, कालिकोट ।
“सूर्य बुढे डाँडैमा छायाँ बसे सेरी, वालो जोवन सम्झिन्छु म जोवन जाँदा खेरी ” गीतबाट चर्चित वरिष्ठ लोक तथा देउडा गायक मीनबहादुर शाहीको शनिवार ६६ वर्षको उमेरमा निधन भएको छ ।

२०४२ सालमा रेडियो नेपालबा स्वर परिक्षा पास गरेका स्व. शाही २०४८, २०४९, २०५१ सालमा रेडियो नेपालको राष्ट्रव्यापी लोगगीत प्रतियोगीताका उत्कृष्ट गाएक शाहीको गृहजिल्ला कालिकोटमा निधन भएको स्वर्गीय गायक शाहीका छोरा सुरेश शाहीले जानकारी गराउनुभएको हो ।

लाउर्या जोवन, सुर्य डाँडैमा बुडे, संग्लो पानि, आलुगोविको तरकारी रोटी खादैछु,लैजान्छु टिकापुर लगायतका गीत उहाँका चर्चित गीत हुन्। उहाँको निधनले कर्णाली क्षेत्र मात्रै नभएर सिङ्गो लोकगीत क्षत्रलाई क्षति पुगेको वरिष्ठ देउडा गायक पुष्पराज आचार्य वताउनु हुन्छ ।

कर्णालीको लोक तथा देउडा गितलाई जीवन्तता दिन र कला क्षेत्रको विस्तारमा स्वर्गीय शाहीको महत्वपूर्ण भूमिका रहेको थियो ।
२०१० सालमा जन्मिनुभएका शाही कलाकारितामा २०२५ सालदेखि सक्रिय हुनुहन्थ्यो । लोकभाका संरक्षणका धरोहरसँगै ‘कलाकार बा’ का रुपमा परिचित शाहीका ४ जना छोरा र ४ छोरीको साथै एक श्रीमती छन् ।