क्यानडा जैजाने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौँ ।
क्यानडामा राम्रो तलबसहितको रोजगारी दिलाइदिने भन्दै ठगी गर्नै एक जना पक्राउ परेको छन् । प्रहरीले नुवाकोट मेघाङका योगेश सापकोटालाई काभ्रेपलाञ्चोक, बनेपा तरकारी बजारबाट पक्राउ गरेको छ ।

सापकोटाको टोलीले पीडितलाई क्यानडा जानको लागि २२ हजार अमेरिकी डलर देखाएपछि मात्रै इटिए (यात्राको विद्युतीय अनुमतिपत्र) पाइने भन्दै आश्वासन देखाउने गरेको प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो । उहाँका अनुसार उनीह?ले त्यसपछि पीडितका बुवा र मामा २२ हजार ५९ डलर लिएर दिल्ली पुगे ।

जबराले भन्नुभयो, ‘पीडितलाई क्यानडा लैजान भन्दै इन्दिरा गान्धि एयरपोर्टमा लगे र केहीले बाबु र मामालाई एक होटलमा पुर्याए । होटलमा पुर्याएपछि दुवैलाई बेहोस बनाई रकम लुटपाटसमेत गरियो ।’

उनीह?ले किड्नी निकाल्ने योजना समेत बनाएको प्रहरी उपरीक्षक जबराले बताउनुभयो । उहाँका अनुसार अब सापकोटालाई मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार कारबाही गरिने छ । अन्य अभियुक्तह?को भने खोजी भइरहेको छ ।