प्रहरी अस्पताल निर्माण अलपत्र, उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता


विजय नेपाली , पोखरा । गण्डकी प्रदेशमा प्रहरी अस्पतलको लागि १ डाक्टर, ३ जना नर्स र अन्य २ जना कर्मचारी नियुक्ति भएको २ वर्ष भैसकेको छ । तर अस्पताल भने अझै  निर्माण भएको छैन । पोखरा महानगरपालिका मस्ताङचोक नजिकै प्रहरी अस्पताल बनाउने योजना प्रदेश प्रहरीको २ वर्ष अगाडीको हो ।

उक्त ठाउँमा १ वर्ष अगाडी उक्त समयमा प्रहरी प्रमुख डिआइजी कमल सिंह बमले ४ कोठो अस्पताल बनाउन सिलन्यास समेत गर्नुभयो  । उक्त समयमा गण्डकीइ प्रदेश प्रहरी कार्यालयबाट ५ लाख रुपैयाँ बजेट छुटिएको थियो । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा अहिले सानो टिनको टहरो मात्र निर्माण भएको छ । उक्त टहरोमुनी सडक मानवले बस्नको लागि राखिएको कपडा र गाइबस्तु देखिन्छ । निर्माण भएको हटरो पनि अहिले राम्रोसंग संरक्षण हुन सकेको छैन ।

२ वर्ष अगाडी ५ लाख रुपैयाँ आएपछी उक्त अस्पताल निर्माणको लागि अहिलेसम्म थप रकम सरकारले  बजेट निकास गरेको छैन । उक्त अस्पताल निर्माण काम रोकिएको ६ महिना भन्दा धेरै समयमा भैसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएपी गोबिन्द पुरीले जानकारी दिनुभयो  । उनले अस्पताल निर्माणको लागि थप बजेट अर्थ मन्त्रालय र केन्द्रिय कार्यालयबाट माग गरेको जानकारी दिनुभयो ।

अहिले अस्पतालमा आएका डाक्टरले पोखरा १७ मा रहेको प्रहरीको गणबाट उपचार गदै आइरहेका छन् । प्रहरीका अनुसार उक्त ठाउँ प्रयाप्त नभएको कारण अहिले मेसिनरी उपकरण प्रयोग हुन पाएको छैन । जस्को कारण सामान्उ उपचार भन्दा हुँदैन । उसो त गणमा अस्पतालको जस्तो वातावरण नै हुँदैन ।

‘डुयुटिमा खटिएको सेना घाइते नेपाल सेनाको भित्रको अस्पतालमा नै उपचार हुन्छ,‘एक प्रहरीले भने,‘तर डियुटिमा खटिएको प्रहरी घाइते हुँदा निजी अस्पतालमा जानुपर्छ र हाम्रो पैसा खर्च हुन्छ ।’

प्रहरी अधिकारीका अनुसार अहिले सामान्य विरामी भएपनि प्रहरीलाई प्रहरी अस्पतालमा उपचार गर्न मिल्दैन ।
‘हामी धेरै ठाउँमा जोखिम मोलेर काम गछौँ,एक प्रहरी अधिकृत भन्नुहुन्छ ‘उक्त समयमा चोटपट लागेमा आफ्नो अस्पतालमा उपचार गराउन पाइदैन् ।’

निशुल्क प्रहरी अस्पतालमा उपचार गराउनको लागि मात्र काठमान्डौँ जानुपर्ने बाध्यता रहेको उहाले सुनाउनुभयो । पोखरमा बन्न लागेको अस्पताललाई स्तरीकरण गरेर निर्माण गर्न सकेमा उपचारको व्यवस्था गरेमा प्रहरीको काम गर्ने मनोबल पनि बढ्ने उहाको भनाइ छ ।

गण्डकी प्रदेशमा ७ हजार १७ प्रहरीको दरबन्दी रहेको छ । उनीहरुको उपचारको लागि प्रदेश भरीमा अस्पताल नहुनु नै दुखद रहेको प्रहरीको गुनासो छ ।