त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्य कक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

खुल्ला प्रतिष्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै विद्यार्थीहरूको समूहले तालाबन्दी गरेको हो ।

सेवा आयोगले लिएको खुल्ला प्रतिष्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो । वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।