प्रहरी प्रवक्तामा डिआइजी पोखरेल

0
Shares

काठमाडौँ । नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी विश्वराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार केन्द्रीय प्रहरी प्रवक्त्ताको जिम्मेवारी पोखरेललाई दिएका हुन् ।

शुक्रवार मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका पोखरेललाई आइतबार खनालले दज्र्यानी चिन्ह लगाइदिएका थिए । उनलाई यसअघिकै प्रवक्त्ताहरुले प्रयोग गर्दै आएको ९८५१२९२१११ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने छ ।