अख्तियारमा आयुक्त नियुक्त कहिले ?


नेपाल समाचारपत्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन् ।

त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन् ।

भ्रष्टाचार निवारणको लागि काम गर्ने शक्तिशाली संवैधानिक आयोगलाई लामो समयसम्म पदाधिकारीविहिन राख्न नहुने भए पनि तत्काल नियुक्तिको लागि सरकारी तयारी देखिदैन ।

आयुक्तको योग्यताबारे संविधानमै स्पष्ट व्यवस्था भए पनि त्यस प्रावधानविपरित दलिय स्वार्थमा आयुक्त नियुक्त हँुदा यसअघि धेरै विवाद भएर उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

संविधानमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको, नियुक्ति हुदा कुनै राजनीतिक दलको सदस्य नभएको, लेखा, राजस्व, इन्जिनियरिङ, कानुन वा अनुसन्धान क्षेत्रमा कम्तीमा २० वर्ष काम गरि ख्याति कमाएको, ४५ वर्ष उमेर पुरा भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति आयुक्त हुने प्रावधान राखिएको छ ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले आयुक्त नियुक्त गर्ने व्यवस्था छ । साथै, नियुक्ति सिफारिसपछि संसदिय समितिमा सार्वजनीक सुनुवाई हुन्छ । संवैधानिक परिषदले संविधानले तोकेको योग्यता नभएकालाई सिफारिस गरेमा संसदिय समितिले अस्वीकार गर्न सक्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।