काठमाडौं । कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती नेपालकमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आजभन्दा २ सय १ वर्षअघि अर्थात् ५ मे, १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको जन्म भएको थियो ।
पुँजीवादी उत्कर्षमा पुगेको आजको विश्वमा सिर्जित समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्न उहाँको दर्शनशास्त्रको आजपनि उत्तिकै महत्व छ । मार्क्सको २ सय १ औँ जन्मजयन्ती मनाउन र मार्क्सवादलाई मन्थन गर्ने लहर अहिले विश्वभर चलेको छ । कार्ल मार्क्स आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्श्निक मानिनुहुन्छ ।
सन् १८४५ मा २९ वर्षको उमेरमै माक्र्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभयो । यो घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा पर्छ । राजनीतिक क्षेत्रमा समेत यसको महत्व बढेर गएको छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।
आइतबार (आज) काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा दिउँसो २ बजे कार्ल माक्र्स २ सय १ औँ द्विशतवार्षिकी भव्य रुपमा मनाइँदै छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेताद्वय माधवकुमार नेपाल, भलनाथ खनाल, कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति संयोजक धनश्याम भूषाल उपसंयोजक रामकार्की लगायतले सम्बोधन गर्नुहुनेछ ।











प्रतिक्रिया