सङ्घीय संसद्को चौथो अधिवेशन शुरु


काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाए ।

त्यसपछि सभामुखले नयाँ वर्षको उपलक्ष्यमा शुभकामनासहित सम्पूर्ण सदस्यलाई स्वागत गरे । त्यसपछि बैठकमा मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्याउनुभएका ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।