आमा बिरामी भएपछि ज्ञानेन्द्रद्वारा चार जिल्लाहरूको भ्रमण रद्ध



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी आमा रत्नराज्य लक्ष्मीदेवी शाह अस्वथ्य भएपछि पूर्वका चार जिल्लाहरूको भ्रमण रद्ध गरेका छन् ।

पूर्वराजा शाहका सहयोगी फणीराज पाठकका अनुसार आमा रत्नराज्य लक्ष्मीदेवी शाह अचानक अस्वस्थ्य भएपछि चार जिल्लाको भ्रमण रद्ध गरेका हुन् ।

पूर्वराजा शाह बुधबारदेखि प्रदेश २ अन्तर्गतका धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाहरूको भ्रमण गर्ने कार्यक्रम थियो । त्यहाँस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने जनाइएको थियो ।

पूर्वराजा शाह आमाको स्वास्थ्यबारे जानकारी लिन काठमाडौं आउनु पर्ने भएपछि भ्रमण रद्ध गरिएको र अर्को उपयुक्त समयमा भ्रमणको कार्यक्रम तय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्