साप्ताहिक राशिफल: माघ १९ देखि २५ गतेसम्म



मेष:
तपाईंका लागि यो साताका प्राय सबै दिनहरु उपलब्धिमूलक देखिन्छन् । व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला । जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ । साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ । तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने समय अनुकूल देखिँदैन । बाधा–व्यवधान आइलाग्नेछ ।

वृष:
तपाईंका लागि यस साताको पछिल्ला दिनहरु उत्तम फलदायक छन् । राज्यबाट लाभ होला । इज्जत–प्रतिष्ठामा वृद्धि होला । पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ । आर्थिक लाभ हुने सम्भावना छ । खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला । तर सोमबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला । जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ ।

मिथुन: 
तपाईंका लागि साताको शुरु आज एक दिन र अन्त्यका तीन दिन धेरै फलदायी देखिन्छ । आर्थिक लाभ हुनुका साथै खाद्यान्न प्राप्ति होला । भाग्योदय, उपहारादि वस्तु प्राप्ति, शुभ खबर प्राप्ति, मित्रजनबाट सहयोग हुनेछ । कतैबाट स्वागत–सत्कार हुनाले हर्षविभोर, आत्मसन्तुष्टि होला । तर आइतबारबाट मंगलबारसम्म निरर्थक खर्च, आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका नहोला भन्न सकिन्न ।

कर्कट: 
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन् । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला । राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ । प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न । तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ । दौडधुप, तनाव एवम् लखतरान परिएला । पारिवारिक विवाद हुन सक्छ ।

सिंह: 
आज शनिबार समय अनुकूल नभए पनि बुधबारसम्मका दिनहरु उपलब्धिमूलक छन् । थालेका कामहरु पूरा होलान् । आफन्तबाट राम्रै सहयोग पाउने सम्भावना छ । खाद्यान्न प्राप्ति होला । आफ्नो क्षमताले राम्रै काम बन्नेछ । सामान्य परिश्रमबाट पनि केही आम्दानी होला । तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना देखिन्छ ।

कन्या:
तपाईंका लागि साताको धेरैजसो समय फलदायक नै देखिन्छ । हुन त सोमबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला । तर मंगलबारबाट क्रमशः समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् खाद्यान्न प्राप्ति हुने सम्भावना छ ।

तुला:
यो साता तपाईंका लागि मिश्रित फलदायक देखिन्छ । आज शनिबार मान–सम्मान बढ्नेछ भने त्यसपछिका दिनहरु त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, विनाउपलब्धिको दौडधुप हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर बुधबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछ । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ ।

वृश्चिक:
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । आज शनिबार समय अनुकूल देखिँदैन भने आइतबारदेखि तीन दिनसम्म समय बलियो छ । गरेका काम सफल हुनेछन् । भोजभतेरमा सहभागी भइएला । कतैबाट केही भए पनि आम्दानी होला । तर बुधबार र बिहीबार स्वास्थ्यमा समस्या आउन सक्छ । हुन लागेको काममा बाधा आइपर्न सक्छ । सजगता अपनाउनुपर्ला ।

धनु:
तपाईंका लागि यो साता मध्यम फलदायक छ । आज शनिबार र मंगलबारदेखि बिहीबारसम्मका दिनहरु उत्तम देखिन्छन् । उपहार–कोसेली पाउने, पेसा–व्यवसायबाट सन्तुष्टि मिल्ने, आर्थिक लाभ हुने, मान–सम्मान पाइने, उन्नति–प्रगति हुने देखिन्छ । बाँक दिनहरुमा भने मानसिक अस्थिरता, दौडधुप होला । पेटसम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । विवादमा फसिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ला ।

मकर: 
साताको शुरुको दिन शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ । तर बाँकी दिनहरु भने धेरै लाभदायक छन् । इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ । व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन् । इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ ।

कुम्भ: 
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । आज शनिबार केही शुभ संकेत देखा परे पनि मंगलबारसम्म काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला । त्यसपछिको समय भने शुभ फलदायक छ । काममा रुचि जाग्नाले सफलता प्राप्त हुने, यश–ऐश्वर्य बढ्ने, सुख–सन्तोष हुनेछ ।

मीन: 
साताको धेरैजसो दिनहरु शुभ छन् । शारीरिक स्फूर्ति बढ्नेछ । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्