९७ वर्षीय वेलायती राजकुमार फिलिप्सले चलाएको गाडी दुर्घटना

0
Shares

लण्डन, वेलायती राजकुमार ९७ वर्षीय फिलिप्सले चलाएको गाडी दुर्घटनामा परेको छ। वेलायती रानी क्यून इलिजावेथका पति ड्यूक अफ एदिनबरा प्रिन्स फिलिप ९७ वर्षीय उमेरमा समेत आफै गाडी चलाउँछन्।

तर बिहिबार उनले चलाएको ल्याण्ड रोभर कार सान्द्रिमघाममा दुर्घटनामा पर्यो। तर घटनामा उनी घाइते नभएको सामान्य चोटमात्र लागेको छ ।

फिलिपको कारले अर्को किया कारलाई ठक्कर दिएको थियो। कियामा रहेको ९ महिने शिशु र महिला ड्राइभर समेत सकुशल भएको बताइएको छ।
कियामै बसेकी एक ४५ वर्षीया यात्रु भने घाइते भएको बताइएको छ ।

यस घटना बारे अनुसन्धान हुने वेलायती प्रहरीले जनाएको छ।