जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण

0
Shares

धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको छ । ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुको हक अधिकारको सम्मान स्वरुप राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्न सजिलो होस भन्ने उदेश्यले नगरपालिका भित्रका ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण सुरु गरेको नगर प्रमुख बिशाल शर्माले बताउनुभयो ।

उमेरले पाका नागरिकको सुरक्षाको लागि घर वाटै संरक्षण गर्नुगर्ने भावनाको समेत विकास गर्न स्थानिय सरकार लागि परेको नगरप्रमुख शर्माको भनाई छ ।

नगर उपप्रमुख राधा रोकाले परिचय पत्रको अभाबमा कोहि जेष्ठ नागरिक राज्यले दिने सेवासुबिधा बाट बन्चित नहुन भनेर सो कामको थालनी गरिएकोे बताउनुभयो । जेष्ठ नागरिकहरुले बल्ल सिँहदरबारको अधिकार गाँउमा आएको अनुभुति आफुहरुले गरेको बताएका थिए ।

६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुले नागरीकताको फोटो कपि,२ वटा फोटो सहित वडाकार्यालय बाट लिन सकिने नगरपालिकाले बताएको छ ।