प्राविधिक शिक्षामा जोड

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले प्राबिधिक शिक्षा नै अहिलेको मुख्य आवश्यकता भएको भन्दै यसमा जोड दिनुभएकोे छ ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका १ मा रहेको पंञ्चकन्या माबिद्धारा आयोजित ज्ञान महायज्ञ तथा धार्मिक एवं शैक्षिक महोत्सबको उद्दघाटन गर्दै मन्त्री अर्यालले बिगतमा पढेको शिक्षा प्रमाण पत्रमा सिमित रहेको बताउनुभयो । प्राबिधिक शिक्षाको जताततै लहर चलेको बताउदै मन्त्री अर्यालले हरेक तहमा एक प्राबिधिक शिक्षालय बनाउन सरकार अगाडी बढेको बताउनुभयो ।

समृद्धिको नारा पुरा गर्न गरिबीको अन्त्य गर्नुेपर्ने बताउदै मन्त्री अर्यालले सबै उत्पादनमा जोडिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश बिधायन सभा सभापती मोहन प्रसाद रेग्मी, प्रदेशसभा सदस्य मिन प्रसाद गुरुङ, सिता सुन्दास, युवा नेता शैलेन्द्र घिमिरे, सहबाचक धु्रब्र शरण बस्याल, प्राचार्य बिष्णुप्रसाद तिवारी, मुल समारोह समितिका अध्यक्ष खडानन्द पौडेल, प्रमुख प्रसासकिय अधिकृत प्रकाश पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

बाचन प्रबिण पंण्डित दिनबन्धु पोख्रेलले कथा बाचन गर्ने महोत्सबमा ५ करोड रकम संकलन गर्ने लक्ष्य लिएको मुल समारोह समितिका सदस्य ललित थापाले बताउनुभयो । धार्मिक महोत्सबको पहिलो दिन बिद्यालयका संस्थापक छत्रप्रसाद भुसालले १० लाख ५ सय ५५ रुपैया प्रदान गर्नु भएको थियो ।