विपद जोखिम न्युनिकरणका लागि विद्यार्थीलाई प्रशिक्षण

0
Shares

किरन धामी, दार्चुला ।
सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर गुल्म ५० नम्बर गुल्म दार्चुलाले विपद आउनु पुर्व अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्बन्धी विद्यालयस्तरीय सचेतनात्मक अभियान स्वरुप जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविमा प्रशिक्षण कार्यक्रम गरेको छ । गुल्मले आगलागी, बाढीपहिरो तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई सो बारे प्रशिक्षण गरिएको गुल्मपति भिम चन्दले जानकारी दिए ।

समय समय हुने आगलागी, बर्सेनी हुने बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुलाई समेत नियन्त्रण तथा न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्ने सशस्त्र प्रहरीको नीति अनुरुप सो कार्यक्रम गरिएको उनले जानकारी दिए ।

विपद् व्यवस्थापन सम्बन्धि इटलीमा तालिम लिनु भएका गुल्ममा कार्यरत सशस्त्र प्रहरी निरिक्षक ईस्वरी दत्त भट्टले विद्यार्थीहरुलाई विपदका बेला अपनाउनु पर्ने सुरक्षा, गर्नु पर्ने उद्धार र विपद न्युनिकरणका बारेमा प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न किसिमका विपदहरु अझ विशेष गरी भुकम्पमा अपनाउनुपर्ने व्यक्तिगत सुरक्षात्मक उपाय, संरचनात्मक एवं गैर संरचनात्मक सुरक्षा उपाय सम्बन्धमा समेत प्रशिक्षण दिलाउनु भएको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा ७ देखी १२ कक्षा सम्मका दुई सय भन्दा बढी विद्यार्थी तथा शिक्षकलाई विपद व्यवस्थापनका लागी अपनाउनु पर्ने कुराहरुको बारेमा जानकारी गराइएको प्रशिक्षण भट्टले बताए ।

प्रशिक्षण कार्यक्रममा नेपाल लगायत विभिन्न मुलुकहरु हाईटी, पाकिस्तान, जापान, ईन्डोनोसिया, चीन आदी देशहरुमा आएका विभिन्न विपत्तीहरुका फोटो प्रर्दशन गराई व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । व्यक्तिगत सुरक्षात्मक उपाय सम्बन्धमा व्यावहारिक ज्ञान तथा नियन्त्रणका उपाय बारे प्रहरी निरिक्षक भट्टले सशस्त्र प्रहरीले खेल्ने भुमिकाको बारेमा समेत प्रकाश पारेका थियो ।

दार्चुला जिल्ला प्राकृतिक सौन्दर्यताका साथै यसको भौगोलिक बनावटले गर्दा विभिन्न किसिमका विपत्तीहरु जस्तै भुकम्प, महकाली लगाएतका नदीमा बाढी, पहिरो, सवारी दुर्घटना, हावाहुरी, चट्याङ्ग र आगलागीबाट समेत संवेदनशिल रहेकोले यसको सामना गर्नको लागि उत्थानशिल समुदाय बनाउन जरुरी देखिएको समेत उनले कार्यक्रममा सुझाव दिनु भएको छ ।