नक्कली कम्युनिष्ट सत्तामा पुगेः ओमप्रकाश पुन


विनोद सिंह विष्ट, बैतडी ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नक्कली कम्युनिष्ट सत्तामा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती बैतडीले सदरमुकाम गोठलापानिमा शनिवार गरेको जनसभा तथा सांस्कृतीक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले अहिलेका कम्युनिष्ट पुजिँवादको पछाडी लागेको आरोप लगाए ।

जनताको सेवा र सुविधा भन्दा पनि व्यक्त्तीगत स्वार्थको लागी सत्तामा पुगेका कम्युनिष्टहरु जनताको हितमा कहिल्यै नलाग्ने दावी समेत पुनले गरे । निर्वाचनको बेला विकास र समृद्धीका कुरा गर्ने कम्युनिष्टहरुले अहिले दुई तिहाईको सरकार हुदा समेत जनताको हकहितको लागी केहि पनि गर्न नसकेको उनको भनाई थियो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डिडी पाण्डेले कम्युनिष्ट आफ्नो विचारबाट ग्रसीत भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला ईन्चार्ज बासुदेव जोशीको अध्यक्षतामा भएको जनसभा तथा सांस्कृतीक कार्यक्रममा सामना सांस्कृतीक परिवारको प्रस्तुती रहेको थियो ।

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाका नेता , कार्यक्रता तथा सर्वसाधारणको उपस्थीती रहेको कार्यक्रममा विभीन्न सास्कृतीक प्रस्तुतीहरु राखीएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी दुई दर्जन बढीले विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।