निर्मला हत्या प्रकरण: प्रहरी महानिरीक्षक खनाल समक्ष प्रतिवेदन पेश


काठमाडौं ।
कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका उपर छानविन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले २०७५ पुस २ गते सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश गरेको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका(२ बस्ने १३ वर्षीया निर्मला पन्त सोही नगरपालिका(१८ स्थित उखुवारीमा २०७५ साउन ११ गते मृत अवस्थामा फेला परेको घटना सम्बन्धमा अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिकाको विषयमा छानविन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न २०७५ भदौ ३१ गते उक्त समिति गठन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।