नेपाल समाचारपत्र, डोटी
डडेल्धुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा भन्ने ठाउमा गएको बिहिबार स्कुल बस दुर्घटनामा परी घाइते भएका डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका नवीन बिकको उपचारका लागि दिपायल सिलगढी नगरपालिकाले २० हजार आर्थिक सहयोग गर्नु भएको छ ।
घाईते बालक नविनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाब भएको भन्ने समाचार प्रकासन÷प्रशारण भएपछि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले उपचारका लागि २० हजार आर्थिक सहयोग दिनु भएको हो ।
नवीन संगै दुर्घटनामा परी घाईते भएकी उनकी ११ बर्षिय दिदि दीपा बिकको हातमा २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । उपचारका लागि आर्थिक सहयोग गरेपछि नविनकी दिदि दीपा निकै खुसिभएकी छन् । सो बस घटनामापरी नविनकी आमा शशी बिकको ज्यान गएको छ ।
त्यस्तै उपचार पछि घरफर्किए पछि नवीन सहित उनका दाजु र दिदी लाई दिपायल सिलगढी नगरपालिका निशुल्क पढाउने ब्यबस्था गरिन लागिएको नगर प्रमुख मलासीले बताउनु भयो । उहाँले भन्नु भयो ‘दुर्घटनामा परी बेसाहरा भएका नवीन सहित उनका दाजु र दिदिलाई निशुल्क पढाउने प्रबन्ध नगरपालिकाले गर्ने छ ।’
डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जनाले अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बुबा बिगत ५ बर्ष देखी घर परिवारबाट सम्पर्क बिहीन छन् । अभिभावकको रुपमा रहेकी आमाको मृत्यु भएपछि नवीन बेसाहारा भएका हुन् ।











प्रतिक्रिया