झापा । बिर्तामोड १० स्थित एक घरमा आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ ।
स्थानीय पूर्ण बहादुर बिकको घरमा शनिबार राती ९ बजे आगो लाग्दा घरसहित चौपायाको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टुकी बत्तीबाट आगो सल्किएको र आगोले घरमा पूर्ण क्षती भएको छ ।
घरमा आगो लागेपछि स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरबाट बिस्थापीत बनेको बिक परिवार अहिले छिमेकीकोमा शरण लिएर बसेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया