लाईफटाइम्स अर्वाड महजोडी र बास्कोटालाई लिलीबिलीलाई सर्वाधिक ५
-रश्मी थापा
काठमाडौं । नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामानाको अयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार लक्स कामना फिल्म अवार्डस् २०७५ सम्पन्न भएको छ।
हास्यव्यग्य कलामार्पmत योगदान पु¥याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्पm संगीतकार शम्भुजित बासकोटालाई कीर्तिमय दीर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न समारोहमा मह जोडी र बास्कोटालाई १÷१ लाख रुपियाँसहित सम्मान गरिँदा हलमा उपस्थित सबैले स्वतःस्पूmर्तरुपमा उठेर सम्मान गरेका थिए।
प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा प्रदान गरिएको अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ।
१३ विधाको मनोनयनमा परेको चलचित्र कृबाट अनमोल केसीले यस वर्षको सर्वोत्कृष्ट अभिनेता तथा ब्लाइन्ड रक्सबाट वेनिषा हमालले अभिनेत्रीको अवार्ड चुमिन। कृले ३ विधाको अवार्डलाई आप्mनो बनाएको छ। त्यसै गरी ९ विधाको मनोनयनमा परेको शत्रु गतेले पटकथा, संवाद र सहअभिनेता गरी ३ विधाको अवार्ड जितेको छ भने ५ विधाको मनोनयनमा परेको घामपानीले पनि ३ अवार्डलाई आप्mनो बनाएको छ। दिपेन्द्र लामा घामपानीबाट नव निर्देशकको अवार्ड विजेता बने। त्यस्तै १५ विधाको मनोनयनमा परेको छक्का पञ्जा २ बाट वर्षा राउत सर्वोत्कृष्ट सह अभिनेत्री ठहरिइन् भने ग्याङ््स्टार ब्लुजबाट आशिरमान देशरमज जोशी श्रेष्ठ नवअभिनेताको अवार्ड विजेता बने।
४ विधाको मनोनयनमा परेको चलचित्र दुई रुपियाबाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड चुमे। विराजले कमना फिल्म अवार्डमा लगातार चौथो वर्ष अवार्ड जितेका हुन्।
यस पटक जुरी अवार्ड फिल्म भुईंमान्छेलाई प्रदान गरियो भने अभिनेताद्धय सुनिल थापा र रमेश बुढाथोकीलाई स्पेशल मेन्शन अवार्डबाट पुरस्कृत गरिएको छ।
सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ विरेन्द्र हमाललाई प्रदान गरियो।
कार्यक्रममा मनोरञ्जक प्रस्तुति दमदार थियो। जसअन्र्तगतकीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा पालैपालो विभिन्न कलाकारहरुले उनीहरु सम्बद्व गीत संगीत प्रत्यक्ष वाद्यवादनमा प्रस्तुत गरेका थिए भने अभिनेता तथा रंगकर्मीद्वय सरोज खनाल र वीरेन्द्र हमालले मार्किक प्रस्तुति प्रस्तुत गरेर सबैको मन जितेका थिए।
त्यसै गरी कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका लोकप्रिय नायकनायिका प्रदीप खड्का र जसिता गुरुङसम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरी सरप्र्राइज दिएका थिए। नायकनायिका सरोज खनाल र गौरी मल्ल तथा प्रदीप खड्का र केकी अधिकारीको रोमाञ्चक कार्यक्रम प्रस्तुति समारोहको अर्को आकर्षक पक्ष बन्न पुगेको थियो।











प्रतिक्रिया